26.7 C
Mahendranagar
Saturday, April 27, 2024
spot_img

प्रदेश ७ लाई रेम्बो ट्राउट माछाको हवका रुपमा विकास गर्ने लक्ष्य

धनगढी, भाद्र १८, २०७५ ।

हिमालबाट बग्ने कञ्चन पानीमा पालिएको रेम्बो ट्राउट माछाको परिकारको स्वाद एकदमै छुट्टै हुन्छ ।

चिसो र बहाव भएको पानीमा पालन गर्न सकिने ट्राउटलाई मत्स्य अनुसन्धान केन्द्रको सबैभन्दा सफल माछाको रूपमा लिइन्छ ।

चिसोपानीमा पालिने भएका कारण यसको स्वाद विशिष्ट किसिमको छ । ट्राउट माछा शून्यदेखि २१ डिग्री सेन्टिग्रेट तापक्रममा बाँच्न सक्छ ।

तर, यसको राम्रो वृद्धिका लागि १० देखि २० डिग्री सेन्टिगे्रट तापक्रम उपयुक्त मानिन्छ ।

प्रदेश सातमा रेम्बो ट्राउट माछापालनका लागि पहाडी क्षेत्रहरु निकै उपयुक्त मानिन्छन् तर यसतर्फ कसैको ध्यान जान सकेको छ ।

यदपि डोटीको गडसेरामा यसको व्यवसायिक पालन सुरु भएको छ ।

नेपालका रेन्बो ट्राउटपालन सन् १९८९ बाट सुरु भएको हो ।

त्यसबखत जापान सरकारले ५० हजार माछाका भुरा उपहार स्वरुप नेपाल पठाएको थियो ।

नुवाकोटको त्रिशूलीमा परीक्षण उत्पादनका लागि राखिएको थियो । परीक्षण गरिएको ट्राउटको बिक्री वितरण सन् १९९७ मा पहिलो

पटक गरिएको थियो ।

त्ययसपछि नेपालमा व्यवसायिक रुपमा रेम्बो ट्राउटपालन सुरु भएको भएपनि प्रदेश सातमा भने केही महिना अघि मात्रै यसको पालन सुरु भएको छ ।

डोटीको जोरायल गाउँपालिका—५ गडसेराको सिमरामा पहिलो पटक प्रदेश सातमै व्यवसायिक रुपमा रेन्बो ट्राउट माछा पालन सुरु गरिएको हो ।

स्थानीय चार जना कृषकहरुले रेन्बो ट्राउट माछा पालन गर्दै सो स्थानलाई रेम्बो ट्राउट माछाको हवको रुपमा विका गर्ने तयारी भईरहेको छ ।

गत फागुनदेखि पाँच हजार रेन्बो ट्राउट माछाका भुरा हालेर व्यवसायीक रुपमा माछापालन सुरु गरेको किसान लिलाधर बिष्टले बताए ।

शेरबहादुर देउवा, लिलाधर बिष्ट, हेमबहादुर बिष्ट र डबल ताम्राकारले जैवि कृषी उत्पादन तथा प्रवद्र्धन फर्म स्थापना गर्दै महँगो मुल्यमा विक्री हुने र निकै स्वादिष्ट रेन्बो ट्राउट माछा पालन थालिएको हो ।

मत्स्य विकास कृतिम तथा प्राकृतिक जलासय मत्स्य विकास कार्यक्रमको पाँच लाख र जोरायल गाउँपालिकाको एक लाख गरी ६ लाख रुपैया अनुदान पाएपछि आफ्नो लगानी थप गरेर रेन्बो ट्राउट माछा पालन गरिएको अर्का किसान हेमबहादुर बिष्टले वताए ।

मत्स्य विकास केन्द्र गेटा कैलाली र जिल्ला कृषि विकास कार्यालय डोटीको प्राविधिक टोलीले गरेको अध्ययन अनुसार सो ठाउँ ट्राउट माछा पालन र भूरा उत्पादनका निम्ति उपयुक्त रहेको निष्कर्ष निकालेपछि डोटीको जोरायल गाउँपालिका—५ गडसेराको सिमरामा पहिलो पटक रेन्बो ट्राउट माछा थालिएको हो ।

तालबाट माछा उत्पादन हुन दुई बर्ष लाग्नेछ तर त्यसको बजारको लागि कुनै समस्या नरहेको किसान लिलाधर विष्टको भनाई छ ।

यसअघि गरिएको एक अर्को अध्ययनले पनि पहाडका भिरालो जमीनमा महँगो रेन्बो ट्राउट माछा फलाउन सकिने निष्कर्ष निकालेको थियो । तर यसतर्फ किसानहरु आकर्षित हुन सकेका छैनन् ।

रेन्बो ट्राउट माछाको बजार मुल्य अहिले प्रति किलो १६ सय रुपैयाँ रहेको छ ।

यसको पालनवाट मनग्य आम्दानी गर्न सकिने किसान हेमबहादुर बिष्टले वताए ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles