27.1 C
Mahendranagar
Thursday, April 25, 2024
spot_img

निर्मला हत्या प्रकरण : फेरिएको प्रहरी टीम र उच्च स्तरीय छानविन टोली पनि रनभुल्लैमा

धनगढी, भाद्र १८, २०७५  ।

कञ्चनपुरकी १३ वर्षिया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा फेरिएको सुरक्षा अधिकारीको टिमले पनि कुनै नयाँ तथ्य बाहिर ल्याउन नसकेपछि पीडित परिवार न्याय पाउनेमा सशंकित भएका छन् ।

निर्मला हत्या प्रकरणमा यसअघि प्रहरीले नै वास्तविक दोषिलाई जोगाउन भूमिका खेलेको भन्दै कञ्चनपुरमा आन्दोलन चर्किएपछि फेरिएको प्रहरी टीमले समेत ठोस कुरा बाहिर ल्याउन नसकेपछि पीडित परिवारमा आशंका उत्पन्न भएको हो ।

बलात्कारपछि १३ वर्षिया बालिका निर्मला पन्त हत्या प्रकरणको अनुसन्धान सुरु गरेको एक हप्ता भन्दा बढि भइसक्दा समेत नयाँ प्रहरी अधिकारीको टोलीले घटनासँग सम्बन्धित कुनै नयाँ तथ्य बाहिर ल्याउन नसकेपछि पीडित परिवारले न्याय पाउनेमा आशंका व्यक्त गरेका हुन् ।

घटनाको अनुसन्धानका लागि खटिएको नयाँ प्रहरी टोलीले सत्यतथ्य बाहिर ल्याउने आशामा बसेका पीडित परिवारले हप्ता दिन सम्म पनि कुनै तथ्य सार्वजनिक नभएपछि न्याय पाउनेमा विश्स्त हुन नसकेको बताएका छन् ।

मृतक निर्मलाका बुबा यज्ञराज पन्तले न्याय पाउने आशा घट्दै गएको बताए ।

निर्मला हत्या प्रकरणमा कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख डिल्लीराज विष्टको भुमिका शंकास्पद रहेको भन्दै स्थानीयले आन्दोलन चर्काएपछि प्रहरी प्रमुख सहितका प्रहरी अधिकारीहरु फेरिएका थिए ।

प्रहरी अधिकारीको टोली आएको एक साताभन्दा वढी हुँदा पनि सो टोलीले घटनावारे थप जानकारी पाउन सकेको छैन् ।

घटनाको गत भदौ ८ गतेदेखि कञ्चनपुर प्रहरीको कमाण्ड सम्हाल्नु भएका प्रहरी उपरिक्षक कुवेर कडायतको टिमले अनुसन्धान गरिरहेको छ ।

तर  घटनामा संलग्न भएको आशंकामा नियन्त्रणमा लिइएका पुरानै व्यक्तिहरुमाथिको अनुसन्धान जारी राखिएको र घटनासँग सम्बन्धीत नयाँ तथ्य फेला नपरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरिक्षक कुबेर कडायतले बताए ।

घटनामा संग्लन भएको आरोपमा पक्राउ परेका दिलिपसिह विष्टको काठमाण्डौँमा स्वास्थ्य परिक्षण भइरहेकाले मेडिकल रिर्पोट आएपछि धेरै कुरा पत्ता लाग्ने आशा प्रहरीमा छ भने अदालतबाट ७ दिनको म्याद थप गरेर निर्मलाकी साथी रोशनी बम र उनकी दिदी बबितामाथि पनि अनुसन्धान जारी रहेको छ ।

कञ्चनपुरमै रहेको पाँच सदस्यीय उच्च स्तरीय छानविन टोलीले पनि प्रहरीको अनुसन्धानलाई सहजीकरण गरिरहेको छानविन टोलीका संयोजक हरिप्रसाद मैनालीले बताए । बालिका निर्मला पन्तको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै यसअघि महेन्द्रनगरमा चर्किएको आन्दोलनका क्रममा प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएको थियो ।

आन्दोलन नियन्त्रण बाहिर गएपछि स्थानीय प्रशासनले महेन्द्रनगरमा जारी गरेको कर्फयु पूर्ण रुपमा हटेपछि जनजीवन समान्य बन्दै गएपनि प्रहरीले भने कुनै तथ्य बाहिर ल्याउन सकेको छैन ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles