33.6 C
Mahendranagar
Saturday, April 20, 2024
spot_img

प्रदेश ७ मा गौराको रौनक

बैतडी, भाद्र १७, २०७५ ।

सुदूरपश्चिमेलीहरुको मुख्य चाड गौरा सुरु भएसंगै गाउँघरमा रौनकता छाएको छ ।

बैतडीसहित प्रदेश नम्बर सात (सुदूरपश्चिम)मा मनाइने गौरापर्वको दोश्रो दिन ब्रतालु महिलाहरुले बिरुडालाई धुने गर्दछन् ।

यसअघि हिजो भिजाएका बिरुडालाई नजिकका नदी,तलाउ, धारमा लगेर धुने चलन रही आएको छ ।

ब्रतालु महिलाहरुले बिहानै नुवाई धुवाई गरेर नजिकको धारा,तलाउ तथा कुवामा गई गौरादेवीको पूजाआजा गर्ने गरेका पण्डित दयाकृष्ण पन्तले बताए।

धान,साउँ,तील, अपामार्ग लगायतका बोटहरुबाट गौराको प्रतिमूर्ती बनाई श्रृंगारपटार गरेर गौराको पूजा गर्ने चलन रही आएको छ ।

नजिकको धारा,कुवा तथा तलाउमा प्रतिस्थापन गरिएको गौराको मूर्तीलाई विभिन्न फाग सहित बिरुडाले पूजा गर्ने चलन रही आएको छ ।

आज नदी,तलाउ तथा धारमा मनाइने गौरालाई स्थानीयभाषामा नानी गौरा भन्ने चलन रही आएको छ ।

आज नदी,तलाउ, धारामा मनाएको भोली अमुक्ताभरण सप्तमीका दिन भित्र्याउने चलन छ । गौराको मुख्य दिन दुर्वाष्टमी अर्थात अठ्यावाली हो ।

त्यो दिन ब्रतालु महिलाहरुले गौरालाई गौराखलामा लगेर बिरुडाले पूजा गर्ने गर्दछन् ।

बिरुडाले अठ्यावालीका दिन ब्रतालु महिलाहरुले आफ्ना श्रीमान, छोराछोरी र आफन्तहरुको टाउको पूजा गर्ने चलन रही आएको छ ।

गहँु केराउ गहत मास र गुरुस यी पाँच अन्नलाई बिरुडा भनिन्छ ।

पौराणिक कालमा हिमालयकी छोरी पार्वतीले भगवान शिवलाई पति पाउनका लागि गरेको कठोर तपस्याको सम्झनामा गौरापर्व मनाइने गरिन्छ ।

बैतडीसहित प्रदेश सातमा गौरालाई मुख्य चाडको रुपमा लिने गरेको पाइन्छ ।

प्रदेश ७ सुदूरपश्चिममा गौराको चहलपहल बढेको छ ।

रोजगारीका लागि भारत तथा पढाई तथा कामको लागी बाहिर गएकाहरु समेत गौराका लागि घर फर्केपछि गाउँघरमा चहलपहल बढेको हो ।

गौराको अवसरमा आजभोली गाउँमा रातभरी ड्यौडा खेल, ठाडो खेल, ढुस्को धमारी लगायतका खेलहरु भइरहेका श्रीकोटका गणेश विष्टले बताए ।

यी खेलहरुमा प्राचीन इतिहास समेटिनुका साथै देवीदेवताका गाथासंगै बीरपुरुषहरुका इतिहास समेत समेटेको पाइन्छ ।

तर यी संस्कृतिका बिषयमा यूवा पुस्ताका ध्यान नजाँदा संस्कृतिहरु नै लोप हुने अवस्थामा पुगेका छन् ।

गौरा पर्व सुरु भएसंगै बैतडीका विभिन्न बजारहरुमा किनमेल गर्नेको घुँइचो लाग्न थालेको छ ।

गौरापर्व नजिक आएसंगै अहिले बैतडीका ग्रामीण क्षेत्रदेखि बजारमा समेत चहलपहल बढेको हो ।

गौरापर्वमा नयाँ लुगा किन्ने चलन भएका बजारमा ग्राहकहरुको घुइचो लागेको स्थानीय व्यापारीहरु भीमराज भट्टले बताए ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles