कञ्चनपुरमा अर्की किशोरीको सामुहिक बलात्कार

द्वारा : सुदुर न्युज
0

कञ्चनपुर, भदौ १५ ।

कञ्चनपुरमा अर्की एक किशोरी सामुहिक बलात्कार भएको छ । कञ्चनपुरको बेल्डाँडी गाउँपालिका–१ मा गए राति २ बजे ती किशोरी बलात्कृत भएकी हुन् ।

पिडितले इलाका प्रहरी कार्यालय, बेल्डाँडीमा दिएको जानकारी अनुसार उनीमाथि सामूहिक बलात्कार भएको छ । जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रमुख एसपी कुवेर कडायतले घटनाको बारेमा प्रहरीमा जानकारी आएकाले काम अगाडी वढिरहेको वताए ।

प्रहरीका अनुसार किशोरीको घरमा पुजा भएको वेलामा एक युवकले उनलाई सडकमा बोलाएका थिए । अहिले कञ्चनपुर प्रहरीले अनुसन्धान गरिहेको छ ।

0

सम्बन्धित् समाचारहरु

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy