26.8 C
Mahendranagar
Friday, March 29, 2024
spot_img

हेरिरहेझै लाग्छ निर्मलाका तस्बिरले

महेन्द्रनगर, भाद्र १४, २०७५ ।

कञ्चनपुरको भीमदत्त नगरपालिका २ उल्टाखाम खोल्टीकी निर्मला र मनिषा सहोदर दिदीबहिनी  हुन् ।

उमेरले निर्मलालाई भर्खर १३ वर्षले छुदा दिदी मनिषा १५ वर्षमा प्रवेश गरेकी थिईन् ।

घरमा भान्साको कामदेखि हरेक क्रियाकलापमा हातेमालो गर्ने दिदीबहिनी एकआपसमा अत्यन्तै मिल्थे । तर कहिले काही स–सानो कुरामा दुवैजनाबीच विवाद भए पनि क्षणभरमै मिलिहाल्थे ।

गत साउन १० गते बिहान करिव ११ बजेतिरको कुरा हो । निर्मला नजिकै रहेको साथी रोशनीको घरमा जान ठिक्क परिछन् ।

संयोगबश त्यही बेला दिदी मनिषाले पनि पुग्नु पर्ने थियो साथी भुमिकाको घरमा ।

आमाबुबा नभएको बेला मनिषा घरको अभिभावक जस्तै थिईन् । उनी सम्झदै भन्छिन्, त्यो दिन छुट्टिदा भएका कुराकानीहरु ।

‘ विज्ञानको फियर (नोट) बनाउँन रोशनीको घर जानु छ सुनाइन निर्मलाले ।’

‘तिमी उता टिभी मात्र हेर्ने हौँ, म भुमिकाको घर गएर म्याथको अभ्यास बुक ल्याउँछु म आएपछि जानु’– सम्झाइन मनिषाले ।

‘छिटो आएस, आइनस भने म मम्मीलाई बताईदिने हुँ,– झोेक्किदै भनकीथिन निर्मलाले ।

‘हुन्छ’भन्दै मनिषा भुमिकाको घरतर्फ लागिन् ।

तर मनिषा घर फर्किदा निर्मला साथी रोशनीको घर गइसकेको हुनुपर्छ थिइनन् घरमा । राती अबेरसम्म निर्मलाको बाटो कुरेर बसेकी थिईन् आमा दुर्गादेवी, दिदी मनिषा र सानी बहिनी सरस्वती ।

उता निर्मला भने उनीहरुको पर्खाइ पूरा गर्न नसक्ने गरी गएको कुरा भोलिपल्ट मात्र परिवारलाई थाहा हुन्छ ।

दैनिक आफूसँगै सुत्ने, खेल्ने, स्कुल जाने तथा घरका हरेक क्रियाकलापमा मिलेर काम गर्ने बहिनी निर्मलाले सदासदाका लागि छोडेर गएपछि मनिषालाई त्यो विगत बहिनीको सम्झनाको तृष्णा मेटाउने आधार बनेको छ– ‘छिटो आएस,आइनस भने म मम्मीलाई बताईदिने हुँ ।’

निर्मलाका यी शब्द अहिले पनि मनिषाको कानमा गुन्जिरहन्छन् ।

‘घरका हरेक कार्यमा दिदीबहिनीबीच सरसल्लाह हुन्थ्यो,’विगत सम्झदै मनिषा भन्छिन्,–‘कहिले काही स–साना कुरामा विवाद पनि हुन्थ्यो ।

घरमा प्रायः निर्मलाले नै खाना बनाउँथिन् ।

म  ऊ भन्दा अल्छी थिए, अनि मलाई बहिनीले सम्झाउँथिन् ।  म चर्को स्वरमा भन्थे– ए तँ मलाई सिकाउछेस ।’
मनिषा सुत्दा होस कि स्कुल जादा होस या त घरको काम गर्दा नै किन नहोस् मोडैपिच्छे खोजिरहन्छिन् निर्मलालाई ।
’जब उनको यादले सताउँछ नि त्यो बेला उसले कोरेका चित्र हेर्छु–आँखाका परेली पुछ्दै बोलिन् उनी ।’

सुत्ने कोठाको भित्ताभरी उनले कोरेका चित्रहरु छन् । भित्रबाहिर जादा परिवारका हरेक सदस्यलाई टक्क भित्ताबाटै हेरिरहन्छन् ती तस्बिरहरुले । अत्यन्तै मिलनसार स्वभावकी निर्मला पढाईमा पनि अब्बल थिईन् । तर अब  निर्मलाको त्यो अब्बलता देख्ने मौका पाउने छैनन् कसैले  ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles