26.2 C
Mahendranagar
Saturday, April 27, 2024
spot_img

धनगढीमा वृद्ध दम्पतीको हत्यामा संग्लन तीन जनालाई जन्मकैद

धनगढी, भाद्र १४, २०७५ ।

धनगढी उपमहानगरपालिका वडा नम्व ७ देवरीया स्थीत छात्राबास टोलमा बृद्ध दम्पतीको हत्यामा संग्लन तीन जनालाई जन्मकैदको फैसला भएको छ ।

कैलाली जिल्ला अदालतका जिल्ला न्यायधिस विष्णु प्रसाद अर्यालयको ईजलासले दम्पती हत्यामा संग्लन तीन जनालाई जन्मकैदको

फैसला सुनाएको हो ।

गत बर्षको जेठ ८ गते धनगढी उप–महानगरपालिका वडा नम्वर ७ का ७२ वर्षीया बद्री प्रसाद जोशी र ६५ बर्षीय उनकी श्रीमति कुन्तीदेवी जोशीको उनकै घरमा हत्या भएको थियो ।

हत्यामा संग्लन बझाङको थलारा गाउपालिका ३ की २१ ब्र्षिया पुजा बटाला, कलक बटाला र पुजाकी आमा लक्ष्मी भनिने हिमकला वलिलाई जन्मकैदको फैसला सुनाईएको जिल्ला अदालत कैलालीले जनाएको छ ।

हिमकला भने हत्याको दिनदेखि नै फरार रहेकी छिन् ।

रातीको समयमा धारिलो हतियार प्रयोग गरेर दम्पतीको हत्या गरिएको अवस्थामा शव फेला परेको थियो ।

जोशी दम्पतीको अनुहारमा धारिलो हतियारले छियाछिया हुने गरी प्रहार गरीएको थियो ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles