23.8 C
Mahendranagar
Friday, March 29, 2024
spot_img

३७ बर्ष पुरानो गेटा आँखा अस्पतालमा विरामीको सङख्या बर्षेनी घट्दै

धनगढी,  भाद्र १२, २०७५ ।

३७ बर्ष अगाडी स्थापना गरिएको गेटा आँखा अस्पतालमा सेवा लिने विरामीको सङख्या बर्षेनी घट्दै गएको छ

अस्पतालमा आँखाको जाँचका लागि आउने विरामीको अनुपाती बार्षिक रुपमा उस्ता उस्तै भएपनि शल्यक्रिया गर्न आउने विरामीको सङख्या भने बर्षेनी ओरालो लाग्न थालेको हो ।

आँखा अस्पतालको प्रशासनले दिएको जानकारी अनुसार झण्डै ५ बर्ष अगाडी आर्थिक बर्ष २०७०÷०७१ म १ लाख ६९ हजार ९ सय २३ जना विरामीले गेटा आखाँ अस्पतालबाट सेवा लिएका थिए ।

जस्मा शल्यक्रिया गर्ने विरामीयोको सङख्या मात्रै ३४ हजार ९ सय ९४ थि ।

प्रत्येक बर्ष उपचार सेवा लिने विरामीको सङख्या घट्दै गएपछि ५ बर्षपछि त्यो सङख्या झण्डै ८ हजारले घटेर गत बर्ष १ लाख ६१ हजारले मात्रै आँखा अस्पतालबाट उपचार सेवा पाएका छन् ।

शल्यक्रिया गर्ने विरामीको सङख्या पनि झण्डै १० हजारले घटेको गेटा आँखा अस्पतालका बाह्य व्यवस्थापक रमेशचन्द्र भट्टले बताए ।

भारतको नैनीताल, लखनउ, पिलिभित, पलिया लगायतका स्थानबाट आँखाका विरामी गेटा आँखा अस्पतालमा उपचारका लागि आउने गरेकोमा अहिले सो क्रम घटेको छ ।

भारतको उत्तराखण्ड र उत्तराञ्चल प्रदेशमा सुविधा सम्पन्न आँखा अस्पताल सञ्चालनमा ल्याउदै भारत सरकारले निशुल्क सेवा दिन थालेपछि गेटा आँखा अस्पतालमा उपचारका लागि आउने विरामीको सङख्या घट्दै गएको अस्पतालका निर्देशक डाक्टर सुरेशराज पन्तले बताए ।

गेटा आँखा अस्पताल अन्तरगत ९ वटै जिल्लामा रहेका १२ वटा शाखामा पनि विरामीको अनुपात उस्ता उस्तै देखिएको छ ।

पछिल्लो ५ बर्षको तथ्याङक हेर्ने हो भने अस्पतालका १२ वटा शाखामा कुनै बर्ष सेवा लिने विरामीको संख्या बढेको छ त कुनै बर्ष घटेको छ ।

गत बर्ष मात्रै १२ वटा शाखाबाट १ लाख ९ हजारले जाँच गराएका छन त २ हजार १ सय ३६ जनाको शल्यक्रिया गरिएको छ ।

गेटा आँखा अस्पतालले प्रदेश नम्बर ७ का विभिन्न स्थानमा निस्शुल्क आँखा शिविर सञ्चालन गरि समेत सञ्चालन गरि २२ हजार ९ सयको आँखा जाँच र ३ हजारको शल्यक्रिया गरेको जनाएको छ ।

विगतमा झण्डै ८० प्रतिशत भारतीय विरामी आउने गेटा आँखा अस्पतालमा अहिले भारतीय विरामी आउने क्रम घटेसंगै आँखा अस्पतालले थप सेवा सुचारु गर्ने तयारी भने गरेको छ ।

सुदूरपश्चिमाञ्चल विश्व विद्यालयबाट अध्यापनको अनुमती लिदै अध्यापन पनि गराउने र आँखा सम्वन्धीका थप ेवा सुचारु गर्ने तयारी पनि भइरहेको छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles