28.5 C
Mahendranagar
Saturday, April 20, 2024
spot_img

सामाजिक परिचारकको प्रर्दशनमा प्रहरी दमन, पाँच जना नियन्त्रणमा

धनगढी, भाद्र ११, २०७५ ।

नेपाल सामाजिक परिचालक कर्मचारी संघको प्रर्दशनमा प्रहरी र आन्दोलनकारीका बीच  झडप भएको  छ ।

स्थानीय तहमा योग्यता अनुसार उमेरको हदबन्दी नलगाई कर्मचारी समायोजनको माग गर्दै आन्दोलित नेपाल सामाजिक परिचालक कर्मचारी संघ प्रदेश नम्बर ७ ले सोमबार प्रदेशसभा भवन अगाडी गरेको प्रर्दशनमा दुइ पक्ष बीच झडप भएको हो ।

प्रहरीले प्रर्दशनकारीमाथि लाठी चार्ज गरी पाँचजनालाई नियन्त्रणमा लिएको छ ।

संघका सदस्य शंकर बिकका  अनुसार केन्द्रीय सदस्य कल्पना रावल,  प्रदेश ७ का अध्यक्ष खड्क कैनी, आन्दोलन परिचालन समितिका संयोजक माधव जोशी, सदस्य जगदिश जोशी र गोविन्द विष्टलाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले संघको व्यानर, माईक, पर्चा पम्पलेट समेत नियन्त्रणमा लिएको छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles