30.7 C
Mahendranagar
Thursday, April 25, 2024
spot_img

निर्मला हत्या प्रकरण : चार घण्टाका लागि महेन्द्रनगरमा कफ्र्यु हट्यो

धनगढी भदौ १० ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सदरमुकाम महेन्द्रनगर आसपासका क्षेत्रमा लगाएको कर्फ्यु चार घण्टाका लागि हटाईएको छ ।

निर्मला हत्या प्रकरणको विषयलाई लिएर भएको प्रर्दशनमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएपछि अनिश्चीतकालीन कफ्र्यु जारी गरेको थियो ।

रक्षावन्धन र जनै पुर्णिमा भएका कारण आज विहान ५ घण्टाका लागि कर्फ्यू हटाईएकोमा त्यसपछि दिउँसो कफ्र्यु लगाईएको थियो । स्थिति सहज वन्दै गएपछि आज साँझ ६ वजेदेखि राती १० वजेसम्मका लागि कफ्यु हटाईएको हो ।

त्यसपछि भोली बिहान ५ बजेदेखि भने कफ्र्यु यथावत रहनेछ बताइएको छ । अवस्था सहज वन्दै गएपछि कफ्र्यु हटाउँदै गएको जिल्ला प्रशासन कार्यालयले भोली विहान ५ देखि दिउँसो १२ वजेसम्मका लागि कफ्र्यु हटाईएको जानकारी दिएको छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles