26.7 C
Mahendranagar
Saturday, April 27, 2024
spot_img

महेन्द्रनगरको अवस्था सामान्य बन्दै

काठमाडौं , भाद्र ८, २०७५ ।

तीन दिनदेखि तनावग्रस्त बन्दै गएको महेन्द्रनगरको अवस्था शुक्रबार केही सामान्य बनेको छ ।

स्थानीयको माग अनुसार सीडीयो र प्रहरी प्रमुखहरुको सरुवापछि महेन्द्रनगरको अवस्था केही सामान्य बनेको हो ।

तीन दिनदेखि ठप्प रहेको यातायात सेवा शुक्रबार बिहानैबाट संचालनमा आएका छन् भने पसलहरु पनि खुल्न थालेका छन् ।

तर, स्थानीय प्रशासनले भने सम्भावित प्रदर्शनलाई मध्यनजर गर्दै बिहानैदेखि सुरक्षा व्यवस्था कडा पारेको छ ।

यता, प्रहरीको दमन विरुद्ध ऐक्यबद्धता जनाउदै एकदिनका लागि विद्यायल बन्द गरिएको छ ।

निर्मला पन्तको हत्या प्रकरणमा भैरहेको आन्दोलनमा प्रहरी प्रशासनबाट दमन भएको भन्दै जिल्लास्थित प्याप्सन, एनप्याप्सन आवद्ध विद्यालयले बन्दको घोषणा गरेका हुन् ।

बिहीबार स्थानीयको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेपछि प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो ।

प्रहरीले चलाएको गोली लागेर ३ जना घाइते भएका छन् । घाइतेमध्ये सन्तोष कुमार कठरियाको महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

यस्तै घाइते अन्य दुईजना अर्जुन भण्डारी र तेजराज भट्टलाई थप उपचारका लागि कोहलपुर मेडिकल कलेजमा रिफर गरिएको थियो ।

अर्जुनको कोहलपुरमा उपचार हुन नसकेपछि काठमाडौं ल्याइएकाे छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles