23.8 C
Mahendranagar
Friday, April 26, 2024
spot_img

निर्मला पन्त हत्याकाण्ड : महेन्द्रनगरमा आन्दोलन चर्किन थालेपछि एसएसपी चन्द खटाइए

कंचनपुर, भद्र ७। 

बलात्कारपछि हत्या गरिएकी बालिका निर्मलाको हत्या आरोपमा प्रहरीले अभियुक्त सार्वजनिक गरेपछि आन्दोलन चर्किन थालेपछि एसएसपी विक्रमबहादुर चन्दलाई कञ्चनपुर पठाएको छ ।

प्रदेश प्रहरी कार्यालयका अनुसार महेन्द्रनगरमा शान्ति सुरक्षा कायम गर्न एसएसपी चन्दलाई खटाइएको हो ।

निर्मला पन्त हत्याकाण्डको विरोधमा महेन्द्रनगरमा प्रदर्शन

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो र जिल्ला प्रहरी कार्यालयले नै अनुसन्धान गरिरहेको अवस्थामा एसएसपीले थप अनुसन्धानमा सहयोग गर्ने प्रदेश प्रहरीले जनाएको छ ।

बलात्कारपछि निर्मला हत्याकाण्डमा अहिलेसम्म भएको अनुसन्धान र अबको छानबिनको सम्पूर्ण जिम्मेवारी एसएसपी चन्दले लिने प्रहरीले जनाएको छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles