23.8 C
Mahendranagar
Friday, April 26, 2024
spot_img

दिनेश एफएमद्वारा धनगढीका सडकमा रहेका पशु चौपायको सिङमा रेडियम टाँस्ने अभियान सुरु

धनगढी, भाद्र ६, २०७५ ।

दुर्घटना नहोस् भन्ने हेतुले धनगढीका विभिन्न स्थानमा रहेका छाडा पशु चौपायको सिङमा ट्राफिक संकेत जस्तै रेडियम टेप र रिफ्ल्याक्टर टेप लगाउन थालिएको छ ।

मुख्य वजारको सडकमा सवारी दुर्घटनाहरु पशु चौपाय नदेखिउका कारण हुने गरेकोले त्यसको न्युनकिरणका लागि दिनेश खवर÷एफएम को टीमले छाडा पशु चौपायको सिङमा रेडियम टेप र रिफ्ल्याक्टर टेप लगाउने काम सुरु गरेको हो ।

आज पहिलो दिन चटकपुरको सडकमा भेटिएका छाडा पशु चौपायको सिंहमा रेडियम टाँसिएको छ ।

धनगढीको मुख्य वजारको सडकमै रहने छाडा पशु चौपायहरुमा क्रमशः रेडियम टाँस्दै लैजाने दिनेश खवरले जनाएको छ ।

भारतको मध्य प्रदेश, राजस्थान लगायतका हिन्दु राज्यहरुमा पशुहरुमा रिफ्ल्याक्टर र रेडियम टेप लगाउन सुरु गरिएको छ ।

प्रदेश नम्बर ७ मा पनि छाडा पशुहरुको सिङमा यो टेप लगाउन सके सडक दुर्घटनामा न्यूनीकरण ल्याउन सकिने जानकार अधिकारीहरु बताउछन् ।

त्यसैले छाडा पशु चौपायाका कारण हुने दुर्घटना न्यूनीकरण गर्न स्थानीय सरकार, ट्राफिक प्रहरी लगायत आम नागरिकले यो उपाय अपाउन र यो अभियानमा सहयोगको लागि अपिल गर्दछौं ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles