महेन्द्रनगरमा प्रदर्शन जारी

द्वारा : सुदुर न्युज
0

महेन्द्रनगर, भाद्र ६, २०७५  ।

कञ्चनपुरको महेन्द्रनगरबजार झन तनाव ग्रस्त भएको छ ।

अन्दोनकारीलाई तितरवितर पार्न नेपाल प्रहरीले अहिले सम्म १० राउण्ड अश्रुग्यास प्रहार गरेपछि आन्दोलनकारीहरु आक्रोषित भएका हुन ।

उनिहरुले अहिले महेन्द्रनगरको विभिन्न क्षेत्रका टायर बालिहरहेका छन । बजार पुर्ण रुपमा बन्द भएको छ ।

१३ बर्षिया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा प्रहरीले वास्तविक अपराधी जोगाउन खोजेको भन्दै आन्दोलनमा रहेका आन्दोलनकारीमाथि प्रहरीले दमन गरेको  भन्दै उनिहरु आक्रोषित भएका हुन ।

0

सम्बन्धित् समाचारहरु

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy