30.7 C
Mahendranagar
Thursday, April 25, 2024
spot_img

४९ विद्यार्थी पढाउन पाँच शिक्षक

कञ्चनपुर, भाद्र ६, २०७५ ।

शुक्लाफाँटा नगरपालिका–१० स्थित त्रिमूर्ति आधारभूत विद्यालयमा पाँच शिक्षकले ४९ विद्यार्थीलाई पढाउँदै आएका छन् ।

नगरपालिका कार्यालयदेखि झण्डै दुई किलोमिटरको दूरीमा रहेको उक्त विद्यालय लामो समयदेखि विद्यार्थी अभाव झेल्दै आएको छ ।

पचास विद्यार्थी बरावर एक शिक्षक हुनुपर्ने नियमअनुसार पनि एउटा शिक्षकले पढाउन मिल्ने विद्यार्थी सङ्ख्या छैन ।

हाल बालकक्षामा १८, कक्षा एकमा चार, कक्षा दुईमा १०, कक्षा तीनमा छ, कक्षा चारमा पाँच र कक्षा पाँचमा ६ विद्यार्थी भर्ना भएका छन् ।

भर्ना भएका विद्यार्थीमध्ये पनि कम मात्रै विद्यालय आउने गरेको प्रधानाध्यापक अमरराज उपाध्ययले बताउनुभयो ।

विद्यालयको पहुँच क्षेत्र कम, नीजि विद्यालयको चाप बढ्नु तथा अन्य सामुदायिक विद्यालय नजिक हुँदा विद्यार्थी अभाव भएको उहाँको भनाइ छ ।

“विद्यार्थी थप्न अभिभावकको घरदैलोमै पुग्ने गरेका छौँ, अधिकांशले नीजि विद्यालयमा बालबालिका भर्ना गर्ने गरेका छन्” उहाँले भन्नुभयो ।

विद्यालयमा एक स्थायी, दुई राहत र दुई बालकक्षामा पढाउने शिक्षक कार्यरत छन् ।

विद्यार्थीको पढाइको स्तर निकै कमजोर रहेको पाइएको छ ।

“सबैलाई उत्तीर्ण गर्नुपर्ने नियम छ, पढाइको स्तर सोचेजस्तो छैन,” उहाँले भन्नुभयो ।

विद्यार्थी न्यून भएकाले नजिकको सामुदायिक विद्यालयमा समायोजनका लागि पहल भइरहेको छ ।

नगरपालिकाका वडाध्यक्ष लालबहादुर ऐरले पढाइको गुणस्तर कमजोर र न्यून विद्यार्थी भएकाले छिट्टै विद्यालय समायोजन गरिने बताउनुभयो ।

वार्षिकरूपमा शिक्षकले तलबबापत रु १० लाख ९१ हजार, प्रशासनिक खर्च रु २० हजार, किताब खरिद गर्न रु १० हजार तथा छात्रवृत्तिबापत रु १२ हजार खर्च हुने गरेको छ ।

यहाँ ९५ प्रतिशत विद्यार्थी दलित समुदायका रहेका छन् ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles