41.7 C
Mahendranagar
Friday, April 19, 2024
spot_img

महेन्द्रनगरमा भीड नियन्त्रण गर्न ११ राउन्ड अश्रुग्याँस प्रहार,सर्वपक्षिय बैठक जारी

धनगढी, भाद्र ५, २०७५ ।

कञ्चनपुरमा १३ बर्षिय बालिका हत्या प्रकरणमा प्रहरीले वास्तविक अभियुक्तलाई सार्वजनीक नगरेको भन्दै भएको प्रर्दशनका क्रममा प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ ।

प्रहरीले नक्कली अभियुक्त सार्वजनिक गरेको विरोधमा स्थानीयले जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शन गर्ने क्रममा भीड नियन्त्रण गर्न प्रहरीले ११ राउन्ड अश्रुग्याँस प्रहार गरेको हो ।

प्रदर्शनकारीले जिल्ला प्रशासन कार्यालयको मुलगेट तोडेर भित्र जाने प्रयास गरेपछि स्थिति नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ ।

यस्तै प्रर्दशनका क्रममा भएको झडपमा परी दुई जना प्रहरी र केही प्रर्दशनकारी समेत घाइते भएका छन् ।

अश्रुग्याँस प्रहार पछि स्थिती  केही समान्य भएको प्रहरीले जनाएको छ ।

अहिले जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा सर्वदलिय सर्वपक्षिय बैठक जारी छ ।

१३ वर्षिय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने अपराधि जोगाउन प्रहरीले मानसिक अवस्था ठीक नभएको व्यक्ति पक्राउ गरि सार्वजनिक गरिएको भन्दै स्थानीयवासी आन्दोलित भएका हुन् ।

उनीहरुले महेन्द्रनगर बजारमा प्रदर्शन प्रर्दशन गर्दै बजार ठप्प पारेका छन् भने  स्थानीय व्यापारी समेत व्यवसाय बन्द गरेर आन्दोलनमा उत्रिएका छन् ।

१३ वर्षीया बालिका निर्मलाको हत्या भएको २६ दिनसम्म अभियुक्त प्रक्राउ गर्न नसकेको भन्दै महेन्द्रनगरमा दिनहुँ आन्दोलन भइरहेको थियो ।

हत्यारा सार्वजनिक गर्नुपर्ने मागसहित नागरिक संघर्ष समितिको नेतृत्वमा प्रशासन कार्यालय अघि भइरहेको रिले अनशन जारी छ ।

प्रहरीले निर्मलाको बलात्कार गरी हत्या गरिएको अभियोगमा भीमदत्त नगरपालिका –१९ का ४१ वर्षीय दीलिप सिंह विष्टलाई पक्राउ गरी सोमबार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles