24.1 C
Mahendranagar
Thursday, April 25, 2024
spot_img

डडेल्धुरा सदरमुकाममा ट्राफिक समस्या बढ्दै

डडेल्धुरा, भाद्र ५, २०७५ ।

प्रदेश नं ७ को भौगोलिक केन्द्रविन्दु मानिने डडेल्धुरा सदरमुकाममा ट्राफिक समस्या बढ्दै गएको छ ।

यातायातका साधनहरुको चाँप बढदै गएको सदरमुकामस्थित बागबजारमा साँघुरो सडकका कारण ट्राफिक समस्या बढ्दै गएको हो ।

बजार क्षेत्रमा फुटपाथ समेत नहुँदा सर्वसधारणलाई हिडडुल गर्न समेत समस्या उत्पन्न हुने गरेको छ ।

अमरगढी नगरपालिका र जिल्ला ट्राफिक प्रहरी कार्यालय डडेल्धुराको संयुक्त पहलमा डडेल्धुरा सदरमुकाममा ट्राफिक व्यवस्थापनसम्बन्धी नयाँ योजनाका साथ काम शुरु भएको बताइए पनि सदरमुकाममा यातायातका साधनहरु चलाउन निकै कठिन भईरहेको यातायातकर्मीहरुको गुनासो छ ।

जिल्ला ट्राफिक कार्यालय डडेल्धुराले बजारको मुख्य सडकमा भीडभाडको समयमा ठूला सवारी साधन आवागमनमा रोक लगाइन सकिएमा केहि हदसम्म समस्या समाधान हुने जनाएको छ ।

सदरमुकामस्थित बसपार्क समेत निकै साँधुरो भएकाले यातायातका साधनहरुको चाँप बढदै जाँदा पार्किङमा समस्या हुने गरेको यातायात व्यवसायीहरु बताउछन ।

बजार क्षेत्रमा ‘ट्राफिक आई लेण्ड’(ट्राफिक प्रहरी उभिने ठाउँ) स्थापना गर्न नसकिएकाले यातायातका साधनहरुको चाँप बढेका बेला ट्राफिक प्रहरीलाई सवारी साधन सञ्चालन गर्न कठिनाई हुने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

यात्रुको आवागमन सहज बनाउन ठाउँठाउँमा ‘जेब्रा क्रसिङ’ बनाउने, बजारमा चलिरहेका सवारी साधनहरु सञ्चालनको उचित व्यवस्थापन गर्ने सबै क्षेत्रबाट सहयोग आबश्यक रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय डडेल्धुराका प्रहरीकर्मीहरु बताउछन ।

सदरमुकाम क्षेत्रका मुख्य सडक छेउमा जथाभावी रुपमा निर्माण सामग्रीहरु राख्ने र सडक क्षेत्रमै मालवाहक सवारी साधनहरुले मालसमान लोड अनलोड गर्ने भएकाले झनै समस्या थपिएको स्थानीयको गुनासो छ ।

सडक साँघुरो हुँदै गएपछि ट्राफिक समस्या बढेकाले सडक बिस्तार गर्न तत्काल पहल हुनुपर्ने स्थानीयको माग छ ।

प्रदेश नं. ७ का ७ पहाडी जिल्लामा चल्ने सवारी साधनहरु डडेल्धुरा भएरै जाने भएकाले सवारी साधनहरुको चाँप बढेको हो ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles