29 C
Mahendranagar
Saturday, April 27, 2024
spot_img

बालिका निर्मला पन्तलाई हत्या गरेको अभियोगमा एक जना सार्वजनिक

धनगढी, भाद्र ४, २०७५  ।

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तलाई बलात्कारपछि हत्या गरेको अभियोगमा पक्राउ परेका एक युवकलाई प्रहरीले सार्वजनिक गरेको छ ।

घटनाको भएको २५ दिनपछि भीमदत्त नगरपालिका वडा नम्वर १९ का दिलिपसिंह विस्टलाई आज सार्वजनिक गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय कन्चनपुरमा पत्रकार सम्मेलन गरेर बालिका हत्याको अभियोगमा पक्राउ परेका विष्टलाई सार्वजनिक गरिएको हो ।

उनलाई सोमबारै अदालतमा उपस्थित गराइएको थियो । विष्ट यसअघि पनि आफ्नै भिनाजुको हत्या अभियोगमा जेल परेको बुझिएको छ ।

जेल सजाय काटेर निस्किएका विष्ट मजदुरी गर्दै आएका थिए ।

प्रहरी श्रोतका अनुसार विष्टले आफ्नो बयानमा क्रममा निर्मलाको बलात्कारपछि हत्या गरेको स्वीकार गरेका छन् ।

१० गते बाटोमा हिँडिरहेको बेला निर्मलाको साइकलको चेन खराब भएपछि चैन मिलाईदिएका विष्टले उखुबारीमा लगेर बलात्कार गरेको स्वीकार गरेका हुन् ।

बलात्कारपछि पक्राउ पर्ने डरले विष्टले पन्तको हत्या गरेको प्रहरीले श्रोतले जनाएको छ ।

गत साउन १० गते घरबाट साथीको घरमा विज्ञान विषयको उत्तरपुस्तिका ल्याउन गएकी १

३ वर्षीया निर्मला पन्त ११ गते मृत अवस्थामा फेला परेकी थिइन् ।

पन्तको हत्यापछि कञ्चनपुरमा नागरिक समाज, महिला अधिकारकर्मी लगायतले दोषीलाई कारवाहीको माग गर्दै प्रर्दशन र रिले अनसन गरिरहेका थिए ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles