39.4 C
Mahendranagar
Tuesday, April 23, 2024
spot_img

बेवारिसे शवको पहिचान हुन सकेन

बैतडी, भाद्र ४, २०७५  ।

दार्चुलाको नौगाड गाउँपालिका ६ नौगाडखोलामा भेट्टिएको बेवारिसे शवको पहिचान हुन सकेको छैन् ।

आईतवार फेला परेको अन्दाजी १७ बर्षीया किशोरीको शवको पहिचान हुन नसकेको ईलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रहरी निरीक्षक दीर्घ बोगटीले जानकारी दिए ।

स्थानियले खोलामा किशोरीको शव देखेपछी प्रहरीलाई खबर गरेको र त्यपश्चात गएराती प्रहरीको टोली घटनास्थल पुगेको थियो ।

शव सड्न लागेको अवस्थामा छ प्रहरी निरीक्षक बोगटीले भने“टाउकोमा चोट र फुटेको , कपाल झरेको , शव चिन्न नसकिने अवस्थामा रहेको छ”
शवको प्रकृति हेर्दा एक हप्ता अगाडी मृत्यु भएको हुनसक्ने उनले बताए ।

अहिले शवलाई गोकुलेश्वर अस्पतालमा राखिएको छ ।घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles