25.1 C
Mahendranagar
Friday, April 26, 2024
spot_img

धनगढीमा विद्युतिय दुर्घटनाको जोखिम बढ्दो, प्राधिकरणले जिम्मा लिने कि नलिने ?

धनगढी, भाद्र ४, २०७५ ।

प्रदेश ७ को अस्थायी राजधानी तथा प्रदेशकै मुख्य व्यापारिक केन्द्र धनगढीमा विद्युतिय दुर्घटनाको जोखिम बढ्दै गएको छ ।

नेपाल विद्युत प्राधिकरणले मुख्य बजार क्षेत्रमै जथाभावि ट्रान्सफर्मर राख्दा दुर्घटनाको जोखिम बढ्दै गएको हो ।

प्राधिकरणले मुख्य सडकखण्डमा न्युनतम मापदण्ड समेत पूरा नगरी भुईमै छुनेगरी ठाँउ ठाँउमा राखेका ट्रान्सफर्मरले विद्युतिय असुरक्षा बढ्दो छ ।

प्राधिकरणले मोहनापुल अत्तरिया ६ लेन सडकको राष्ट्रिय वाणिज्य बैँक अगाडीको सडकमा जमिनबाट १०/१२ सेन्टीमटिरको उचाईमा ट्रान्सफर्मर राखेको छ ।

उक्त ट्रान्सफर्मर पानी जम्ने स्थाानमा भएकाले वर्षातका बेला करेन्ट प्रवाह हुने खतरा छ । तर नेपाल विद्युत प्राधिकरणको ध्यान पुग्न सकेको छैन् ।

यसअघि केही समय अगाडी मात्र डोटीमा करेन्ट लागेर चार जना र कैलालीको गोदावरी नगरपालिकामा एकजनाले करेन्ट शिकार भएर ज्यान गुमाईसकेका छन् ।

धनगढीमा पनि दिनप्रतिदिन विद्युतिय दुर्घटना खतरा बढ्दो छ ।

यदि विद्युतिय दुर्घटनामा परी सर्वसाधारणको ज्यान गएमा नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्र र प्रमुखले जिम्मेवारी लिने कि नलिने ?

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles