29.7 C
Mahendranagar
Friday, April 19, 2024
spot_img

चार नगरमा क्षेत्रीय शहरी विकास आयोजना अन्तरगतका योजना कार्यान्वयनमा अझै अलमल

धनगढी, भाद्र ३, २०७५ ।

फोहोरमैला प्रशोधन केन्द्र राखिने स्थानका वारेमा स्थानीयको विरोध र विवाद हुँदा क्षेत्रीय शहरी विकास आयोजनालाई कार्यान्वयनमा लैजान अलमल भएको छ ।

पाँच वर्षे आयोजनाको दोस्रो वर्ष लक्ष्य पनि आयोजना कार्यान्वयन हुन सकेको छैन् ।

फोहोर मैला प्रशोधन केन्द्रको टुंङगो लागेपछि मात्रै आयोजना अगाडी वढ्ने एसियाली विकास वैंकको प्रावधान भएकोले पनि आयोजना कार्यान्वयमा लैजान अलमल भएको हो ।

स्थानीय वासिन्दाहरुलाई वुझाउन नसकेका कारण उनीहरु त्यसको विरोध गरिरहेका छन ।

जस कारण आयोजनाको दोस्रो वर्ष लाग्दा पनि निर्माणका काम सुरु गर्न समस्या हुँदै आएको छ ।

ढल व्यवस्थापन भवन निर्माण र फोहोरमैला व्यवस्थापनको काममध्ये फोहोरमैला व्यवस्थापनका लागि चार वटै नगरमा स्थानीयको विरोध र विवाद भएका कारण अगाडी वढ्न सकेको छैन ।

एसियाली विकास बैंकको आर्थिक सहयोगमा क्षेत्रीय सहरी विकास आयोजनाले प्रदेश ७ को अस्थायी राजधानी धनगढी उप–महानगरपालिका र कैलालीको गोदावरी नगरपालिका, कञ्चनपुरको भीमदत्त नगरपालिकाको ‘ल्यान्ड फिल साईट’ निर्माणमा ढिलाइ हुँदा आयोजना कार्यान्वयनमा अलमल भईरहेको क्षेत्रीय शहरी विकास आयोजना कार्यान्वयन गरिरहेको शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयका डिभिजन ईन्जिनियर रविन्द्र वोहोराले बताए ।

आयोजनाका अनुसार धनगढी उप–महानगरपालिका–२ को सन्तोषी टोलमा करिब ५७ करोडको लागतमा निर्माण गरिने डम्पिङ साइट निर्माण गर्न ३५ बिघा जग्गा खोजी भएर जग्गा अधिग्रहण गर्न १२ करोड समेत निकासा भईसक्दा समेत स्थानीयको विरोधले काम रोकिएको छ ।

कैलालीको गोदावरी नगरपालिकाको डम्पिङ साईट निर्माणमा चौकीडाँडा सामुदायिक वनको आन्तरिक विवादले ढिलाइ भएको छ ।

त्यसैगरी कञ्चनपुरको भिमदत्तनगरपालिकामा पनि स्थानीयले विरोध जनाएका कारणकामले गति लिएको छैन् तर शुक्लाफाँटा नगरपालिकामा समेत क्षेत्रीय सहरी विकास आयोजनाले २२ करोडको लागतमा डम्पिङ साइट निर्माणको काम अगाडी वढेको तर तीन वटा नगरमा फोहोरमैला व्यवस्थापन केन्द्रको टुङगो नलाग्दा निर्माण अघि गर्नुपर्ने प्रक्रियामा पनि बाधा पुगेको क्षेत्रीय शहरी विकास आयोजना कार्यान्वयन ईकाईका आयोजना ईन्जिनियर श्यामचन्द्र वुढाथोकीले बताए ।

फोहोर मैला प्रशोधन केन्द्रको टुंङगो लागेपछि मात्रै आयोजना अगाडी वढ्ने एसियाली विकास वैंकको प्रावधान भएकोले पनि आयोजना कार्यान्वयमा लैजान अलमल भएको हो ।

फोहोरमैला व्यवस्थापनको विवाद नसुल्झिएका कारण साउनमै हुनुपर्ने टेण्डर प्रक्रिया अहिलेसम्म अगाडी वढेको छैन ।

तर अव विकल्पको खोजी गर्दै आयोजनाका रहेको फोहोरमैला प्रशोधन केन्द्र वाहेक अन्य क्षेत्रको काम अगाडी वढाउने तयारी गर्दै सोही अनुसार अगाडी वढ्ने आयोजनाको कार्य तालिका रहेको शहरी विकास तथ भवन निर्माण डिभिजन कार्यालयका डिभिजन ईन्जिनियर वोहोराले जानकारी दिए ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles