36.8 C
Mahendranagar
Saturday, April 20, 2024
spot_img

दृष्टिविहिन दम्पतीका छोराहरुको उपचारका लागि जेसिजका पुर्व विद्यार्थीको सहयोग

धनगढी, भाद्र ३, २०७५ ।

कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्वर २ वाणीका शारीरीक अपाङ्गता भएका करन सिहँ साउदका दुई छोराको उपचारका लागि जेसिजका पुर्व विद्यार्थीहरुले सहयोग गरेका छन् ।

धनगढीको जेसिज एभरेष्ट पुर्व विद्यार्थी परिवारले दृष्टिविहिन दम्पतीका २ छोराको उपचारका लागि आर्थिक सहयोग गरेको हो ।

जेसिज एभरेष्ट पुर्व विद्यार्थी परिवारका अध्यक्ष खेमराज जोशीले आर्थिक अभावले उपचारमा समस्या भएको समाचार दिनेश खवरमा आएपछि ९ हजार सहयोग गरेको बताए ।

उनले घरको पर्खालले च्यापेपछि घाईत भएका दृष्टिविहिन दम्पतीका छोराहरुको उपचारमा समस्या भईरहेकाले अन्य निकायलाई पनि सहयोग गर्न आग्रह गरे ।

घरमा सुतिरहेको समयमा घरको पर्खाल भत्किएपछि दृष्टिविहिन दम्पतीका डेढ बर्ष र ४ महिनाका छोरा घाईते भएका थिए ।

उनीहरुको सेती अञ्चल अस्पतालमा उपचार भईरहेको छ ।

४ महिनाको छोराको खुट्टा भाचिँएको भन्दै करनले सहयोगका लागि दिनेश खवर मार्फत याचना गरेका थिए ।

करन जन्मजात दृष्टिविहिन हुन भने उनकी श्रीमती सुनीता पनि दृष्टिविहिन हुन ।

जेसिजका पुर्व विद्यार्थीहरुले सहयोग गरेपछि छोराको उपचारमा सहज हुने भन्दै दृष्टिविहिन दम्पतीका खुसि भएका छन् ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles