35.4 C
Mahendranagar
Thursday, March 28, 2024
spot_img

बैतडीको तल्लोस्वराडमा चितुवा मृत फेला

बैतडी, भाद्र २, २०७५ ।

चितुवा प्रभावित क्षेत्र बैतडीको तल्लोस्वराडमा आज एक बयस्क चितुवा मरेको अवस्थामा भेट्टिएको छ ।

जिल्लाको पञ्चेश्वर गाउँपालिका बिजुल भन्ने ठाउँमा शनिबार दिउसो १२ बजे पासोमा परेर मृत अवस्थामा चितुवा फेला परेको हो ।

किसानहरुले दुम्सी मार्नका लागि थापेको पासोमा परेर चितुवा मरेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

चितुवा मरेको ठाउँमा प्रहरीको टोली खटाइएको र जिल्ला वन कार्यालयलाई समेत खबर गरिसकिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता एवं प्रहरी निरीक्षक कान्तिराज जोशीले जानकारी दिनुभयो ।

यसअघि गत महिना मेलौलीकोमा दुम्सीका लागि थापेको पासोमा परेको चितुवाको जिउँदै उद्धार गरेर बर्दिया राष्ट्रिय निकुञ्जमा लगिएको थियो ।

जंगली जनावरले बालीनाली नष्ट गर्न थालेपछि किसानहरुले पासो थाप्ने गरेका छन् ।

विगत ७ बर्षयता तल्लोस्वराड क्षेत्रमा चितुवाको आक्रमणमा परी २३ जनाले ज्यान गुमाएका छन् ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles