23.9 C
Mahendranagar
Wednesday, April 24, 2024
spot_img

बाजुरामा दर्जनौ बस्ति पहिरोको जोखिममा,धेरै विस्थापित

बाजुरा, भाद्र २, २०७५ ।

बाजुराको बुढीगंगा नगरपालिका १ मल्ला कुणीमा घर भत्किदा एक महिलाको मृत्यु भएको छ भने दर्जनौ बस्तीहरु पहिरोको जोखिममा छन् ।

त्रिबेणी नगरपालिका ९ पैमा गाँउको तलबाट पहिरा झर्न शुरु भएपछि पैमा गाँउनै पुरै पहिरोको जोखिममा रहेको त्रिबेणी नगरपालिका नगर प्रमुख राम सिंह रावलले वताएका छन् ।

३ सय परिवार रहेको पैमा गाँउनै पहिरोको जोखिममा परेको हो ।

यस्तै बुढिगंगा नगरपालिका १ अम्कोटको तलबाट पहिरो बग्न शुरु भएपछि ८० परिवार पहिरोको जोखिममा रहेको स्थानिय नविन थापाले वताएका छन् ।

वर्षाले ठाउँ ठाउँमा पहिरो गएको र घरमाथि बाट पहिरो बग्ने र घर भत्किने क्रम बढेपछि सर्वसाधारण त्रसित बनेका छन् ।

बडिमालिका नगरपालिका ८ मार्तडीमा दर्जन बढी घर उच्च जोखिममा रहेको प्रहरीले जनाएको छ ।

गौमुल गाउँपालिका वडा नम्वर ६ शान्तिटोल, त्रिवेणी नगरपालिकाको मालाकोटमा ८ वटा घर उच्च जोखिममा छन् ।

ती सबै परिवारले घर छोडिसकेका छन् ।

बडिमालिका नगरपालिका–९ उखाडीको २० बढी परिवारले बस्ती उच्च जोखिममा परेको छ ।

खप्तड छेडेदह गाउँपालिका ७ गुम्लागाउँका ४२ परिवारले घर छोडेका छन् ।

गाँउको चारैतिर बाट पहिरो गएपछि परिवार बिस्थापित भएका हुन् ।

गाउँपालिका ६ नाइनाका २२ परिवारले पनि राती घरमा सुत्न छोडेको स्थानीय दिपक नाथले बताए ।

पहिरोका कारण बडिमालिका नगरपालिका ७ जिल्ली, सिराडी, नगरपालिकाको १ पाटाका सयौ परिवार जोखिममा छन् ।

लगातार एक हप्ता देखि परेको अबिरल बर्षाले बाजुराको सडक पुर्ण रुपमा अबरुद्ध भएको छ ।

पहिरो र बाढिका कारण बाजुरा सदरमुकाम मार्तडी जोड्ने साँफे मार्तडी सडक खण्डको १२ किलोमिटर अबरुद्ध भएको हो ।

तलमाथि पुरै पहिरो बगिरहेको छ, सड्कको कुनै निशाना नै राखेको छैन्, सदरमुकाम आवतजावत समेत बन्द भएको त्रिबेणी नगरपालिका स्वास्थ्य संयोजक चिरिन्जीबी शाहले वताए ।

यस्तै बुढिन्नदा नगरपालिका १ पिपलडालिमा रहेको हलिया बस्ती पनि पहिरोको जोखिममा रहेको छ ।

गाँउ माथि बाट भिर बाट पुरै पहिरो सँगै ढुगां खस्ने थालेपछि २९ परिवार जोखिममा रहेको स्थानिय नरदिप वडले वताएका छन् ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles