41.7 C
Mahendranagar
Friday, April 19, 2024
spot_img

कैलालीको गोदावरी नगरपालिकामा अविवाहित प्रमाणितमा पनि कर

धनगढी ,भाद्र १, २०७५ ।

कैलालीको गोदावरी नगरपालिकाले अविवाहित रहेको प्रमाणित गर्न पनि सिफारिस चाहिने व्यवस्था गरेको छ ।

अविवाहित रहेको सिफारिसका लागि नगरपालिकाले २ सय ५० शुल्क तोकेको छ ।

दुई दशकदेखि स्थानीय तहको निर्वाचन नभएर सास्ती खेपिरहेका जनता एक वर्षअघि सम्म सिंहदबार घरैछेउ आउने भनेर खुसी थिए ।

तर जनप्रतिनिधिले करको भारी बोकाउन थालेपछि उनीहरुमा निराशा छाएको छ ।

गोदावरी नगरपालिकाले वडा र नगरपालिकाबाट प्रदान गरिने सिफारीसमै तीन हजार सम्म कर लगाएको छ ।

अंगीकृत नागरिकता सिफारिसका लागि नगरपालिकाले सवै भन्दा बढि तीन हजार दस्तुर तोकेको छ ।

वैवाहिक अंगिकृत नागरिकता सिफारिसका लागि एक हजार ५ सय निर्धारण गरिएको छ ।

जन्मसिद्ध नाताले नागरिकता सिफरिस, वंशजको नाताले नागरिकता सिफारिसमा भने १÷१ हजार निर्धारण गरिएको छ ।

अंग्रेजीमा नाता प्रमाणित, अग्रेजीमा बसोबास प्रमाणित दस्तुर, अंग्रेजीमा बसोबास, जन्म, मृत्यु र विवाह सिफारिसमामा २ सय ५० दस्तुर तोकिएको छ ।

अस्थायी बसोबास प्रमाणितका लागि १ सय ५० निर्धारण गरिएको छ ।

नागरिकता फारामका लागि २० र घटना दर्ता का लागि ५० निर्धारण गरिएको छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles