20.5 C
Mahendranagar
Thursday, May 2, 2024
spot_img

धनगढी उप–महानगरपालिकाले सडकमा निर्माण सामाग्री राख्न दिने, साप्ताहिक रुपमा कर तिर्नुपर्ने

धनगढी, भाद्र १, २०७५ ।

तिव्र शहरीकरण भईरहेको धनगढीमा सडक अतिक्रमण गरी निर्माण सामाग्री राख्दा बजार क्षेत्र नै अस्तव्यस्त बन्न थालेको छ ।

ट्राफिक सवारी आवगमन तथा पैदल यात्रुलाई समेत सास्ती हुने गरी ढुङ्गा, गिट्टी बालुवा राख्ने प्रवृत्ति बढ्दा बजार अस्तव्यस्त बनिरहेको हो ।

बजार क्षेत्रका मुख्यसँगै सहायक सडकहरुमा जथाभावी रुपमा राखिएका बालुवा, ढुङगा र गिटी लगायतका निर्माण सामाग्रीले सवारी जामको समस्या बढेको छ भने दुर्घटनाको जोखिम पनि बढेको छ ।

तर धनगढी उप–महानगरपालिकाले भने अव सडकमा निर्माण सामाग्री राख्ने कार्यलाई वैधानिकता दिने निर्णय गरेको छ ।

सडकमा निर्माण सामाग्री राख्नका लागि अव उप–महानगरवासीले उप–महानगपालिकाबाट अनुमति लिनुपर्ने भएको छ ।

आर्थिक बर्ष २०७५÷०७६ का लागि धनगढी उप–महानगरपालिकाको स्वीकृत गरेको करका दरमा सो कुरा उल्लेख गरिएको छ ।

सडकमा निर्माण सामाग्री राख्दा उप–महानगरपालिकाबाट अनुमति लिनुपर्ने र त्यसपछि प्रति घन मिटरको साप्ताहिक रुपमा ५ रुपैयाका दरले कर तिर्नुपर्ने नियम बनाएको छ ।

सडकमा निर्माण सामाग्री राखेकै कारण नगर कुरुप बन्दै गएका बेला उक्त कार्यलाई वैधानिकता दिने उप–महानगरपालिकाको निर्णय उपयुक्त नभएको नगरवासीको ठहर छ ।

उप–महानगरपालिकाबाट अनुमति नलिई निर्माण सामाग्री राखे जफत गरिने पनि सो निर्णयमा उल्लेख गरिएको छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles