33.6 C
Mahendranagar
Saturday, April 20, 2024
spot_img

सेती अञ्चल अस्पतालमा कार्यरत नर्सिङ कर्मचारीहरुमाथिको विभेद अझै जारी

धनगढी, भाद्र १, २०७५ ।

सेती अञ्चल अस्पतालका नर्सिङ कर्मचारीहरुको सेवा सुविधामा गरिएको विभेद अझै जारी छ ।

कामको प्रकृति, पदको तह र समय एउटै भएपनि नर्सिङ कर्मचारीहरुमाथिको विभेद भने अझै जारी राखिएको हो ।

अस्पतालमा स्थायी, अस्थायी, विकास समिति, दैनिक ज्यालादारी, आमा सुरक्षा कार्यक्रम अन्तर्गत कार्यरत नर्सिङ कर्मचारीको सेवा सुविधा र तलव फरक फरक रहेको हो ।

सरकारी दरबन्दीमा रहेका २३ जना नर्सिङ कर्मचारीहरुले २२ हजारदेखि ३० हजार ५ सय सम्म मासिक तलव पाईरहेका छन् ।

तर विकास समितिले राखेका, दैनिक ज्यालदारी मजदुरीमा काम गरिरहेका र आमा सुरक्षा कार्यक्रम अन्तर्गत काम गरिरहेका नर्सिङ कर्मचारीहरुले १० देखि १५ हजार मात्रै मासिक तलव पाउँदै आएको अस्पतालको लेखा शाखाले जनाएको छ ।

कामको प्रकृति, पदको तह र समय एउटै भएपनि सेवा सुविधा भने फरक–फकर रहेको अस्पतालको नर्सिङ ईन्चार्ज मञ्जु केसीले स्वीकार गरिन् ।

उनले सुरुवातको समयमा विकास समिती र ज्यालादारीमा राखिएका स्टाफ नर्स र अनमीहरुले नै ६ देखि ८ हजार तलवमा सम्झौता गरेकाले अहिले समस्या आएको बताईन् ।

उनले तलव निर्धारण समितीमा आफुलाई भने नराखिएको बताईन् ।

अस्थायी रुपमा राखिएका नर्सिङ स्टाफहरुले सेवा सुविधाको बारेमा बोले जागिर नै जाने त्रास रहेको बताएका छन् ।

समान काम गर्दै आएको भएपनि केहि नर्सिङ स्टाफहरुमथि भएको विभेदले गुणस्तरीय सेवा दिन पनि समस्या भएको उनीहरुले बताएका छन् ।

अस्पताल प्रशासनले भने स्वास्थ्य विभागले कम रकम पठाउने गरेका कारण आमा सुरक्षा कार्यक्रममा कार्यरत नर्सिङ कर्मचारीहरुलाई कम तलव दिदै आएको स्वीकार गरेको छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles