39.4 C
Mahendranagar
Thursday, April 25, 2024
spot_img

कैलालीको गोदावरी नगरपालिकामा खसीबोका र राँगा भैसीमा पनि कर

धनगढी, साउन ३१, २०७५ ।

स्थानीय तहको चुनाव अगाडी बैज्ञानिक कर प्रणाली लागु गर्ने दावी गरेका जनप्रतिनिधिहरुले अहिले जनताको ढाड सेक्ने गरि कर लगाएको भन्दै सर्वत्र विरोध हुन थालेको छ ।

कैलालीको गोदावरी नगरपालिकाले पनि कर नलगाएको विषय नै भेट्टिन मुस्कील छ ।

झट्ट हेर्दा कर व्यवसायीहरुले तिरिरहेको देखिन्छ तर सवै व्यवसायीहरुले कर सर्वसाधारण जनताबाटै संकलन गरिसकेका हुन्छन् ।

गोदावरी नगरपालिकाले जग्गाको मुल्याङकन बढाएपछि एकिकृत सम्पती कर र घर जग्गा रजिष्टेशल शुल्कमा पनि व्यापक बृद्धी भएको छ ।

यस्तै स्थानीय तहले प्रदान गर्ने सवै सेवामा पाउनका लागि पनि नगरवासीले अनिवार्य रुपमा कर तिर्नुपर्ने देखिएको छ ।

कैलालीको गोदावरी नगरपालिकाले करको दायरासंगै दर पनि बढाएपछि त्यस्को मारमा नगरवासीहरु परेका हुन् ।

मापदण्ड विना नै जग्गाको मुल्याङकन बढाईएपछि अहिले नगरवासीहरु एकिकृत सम्पती कर र घरजग्गा रजिष्टेशन शुल्क तिर्नका लागि आफ्नै जग्गा विक्रि गर्नुपर्ने अवस्थामा पुगेका छन् ।

तीन बर्षपछि जग्गाको मुल्याङकन भएपनि मुल्याङकनख गर्दा नगरवासीले पाएको सेवा सुविधाको हेक्का नराखीएको नगरवासीले गुनासो गरेका छन् ।

गोदावरी नगरपालिकाले नगर क्षेत्रमा सामान्य व्यापार व्यवासय गर्ने व्यापारीहरुदेखि तरकारी र फलफुल व्यवसाय गरिरहेका किसानहरुबाट पनि कर संकलनको निती ल्याएको छ ।

प्रत्येक अस्थायी टहरारबाट २०, ठाउँ ओगटी तरकारी ब्यवसाय गर्नेलाई २०, सब्जीमण्डीभित्र फलफुल तथा तरकारी राखी ठाउं ओगटी ब्यवसाय गर्नेलाई १०, ठेलागाडीबाट एक ठाउबाट आर्को ठाउंमा सार्न सकिने फलफलका ठेलाबाट ३०, तरकारी ठेलाबाट १५, उखुको रस बेच्ने ब्यवसायवाट ३०, चाट वदाम विक्रि गर्नेबाट २० र आइस्क्रीम राखी गरिने व्यबसाय गर्ने बाट दैनिक ३० रुपैया कर लगाईएको छ ।

तरकारी र फलफुल व्यवसाय गर्नेहरुले किसानहरुबाटै कर घटाएर खरिद गर्नथालेपछि किसानहरु मर्कामा परेका छन भने उपभोक्ताहरु पनि महंगीको मारमा परेका छन् ।

यस्तै नगरपालिकाले खसि, बोका, कुखुरा, रागा, माछा, बंगुरमा पनि कर लगाएपछि व्यवसायीहरु उपभोक्ताबाटै कर असुल्न थालेका छन् ।

गोदावरी नगरपालिकाले सेवा शुल्कको नाममा ठुलो रकम असुल गर्ने नीति ल्याउदा नगरवासीमा मारमा परेका छन् ।

साधारण सिफारिस, मुद्दा सम्बन्धि सिफरिस, सर्जमिन गर्नु पर्ने सिफारिस, कृषि उधोगको सिफारिस, साना उद्योगको सिफारिस, मझौला उधोगको सिफारिस, ठूला उधोगको सिफारिस, नागरिकता फाराम, वंशजको नाताले नागरिकता सिफारिस, जन्मसिद्ध नाताले नागरिकता सिफरिस, वैवाहिक अंगिकृत नागरिकता सिफारिस, अंगीकृत नागरिकता सिफारिस, घटना दर्ता, अंग्रेजीमा बसोबास, जन्म, मृत्यु, विवाह, अविवाहित प्रमाणित दस्तुर, अंग्रेजीमा नाता प्रमाणित दस्तुर, प्रतिलिपी प्रमाणित दस्तुरमा नगरवासीले अव ५० देखि २ हजार सम्म कर तिर्नुछ ।

बसोबास प्रमाणित दस्तुर, बसोबास प्रमाणित दस्तुर अग्रेजीमा, अस्थायी बसोबास प्रमाणित दस्तुर, भंसार छुट सम्बन्धी सिफारिस, बिद्युत जडानको सिफारिस, कृषि औजार सम्बन्धि भन्सार छुट सिफारसि,  टेलीफोन नामसारी सिफारीस, खानेपानी धारा जडान सिफारिस गर्दापनि नगरवासीले कर तिर्नुपर्ने छ ।

यस बाहेक नगरपालिकाले लगाएका व्यवसाय कर, मनोरञ्जनक करमा पनि दर र दायरा दुवै बढेपछि नगरवासीहरु कर र महंगी दुवैको मारमा परेका छन् ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles