35.4 C
Mahendranagar
Thursday, March 28, 2024
spot_img

नक्कली बम राख्ने बन्दकर्ता पक्राउ

ललितपुर, साउन २९, २०७५ ।

प्रहरीले नक्कली बम राखेर नागरिकलाई झुक्याउने तीनलाई पक्राउ गरेको छ ।

पक्राउ परेका बन्दकर्तालाई प्रहरीले थप अनुसन्धान गरिरहेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी नायब निरीक्षक नरेन्द्र चन्दले बताउनुभयो ।

जिल्लाका चार स्थानमा प्रेसर कुकरमा नक्कली बम राखेको उहाँले बताउनुभयो । बिहान ग्वार्को, ताल्छिखेल र बटुकभैरबमा नक्कली बम राखेको पाइएको थियो ।

दिउँसो कुपण्डोलमा नक्कली बमका कारण केहीबेर स्थानीयवासी त्रसित रहे ।

जिल्लामा बन्दको न्यून प्रभाव परेको थियो । उहाँले भन्नुभयो, “सार्वजनिक सवारी केही कम भए पनि साझालगायतका यातायात सेवा नियमित रहे ।”

निजी सवारी साधन चलेको र र पसल खुल्ला नै रहेको प्रहरीले जनाएको छ ।

बन्दका कारण विद्यालय भने बन्द रहे ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles