39.7 C
Mahendranagar
Thursday, April 25, 2024
spot_img

पहिराको कारण महाकाली राजमार्ग अवरुद्ध

बैतडी, साउन २९, २०७५ ।

लगातारको वर्षापछि,  पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध भएको छ ।

बाटो अवरुद्ध भएपछि गोकुलेश्वर–दार्चुला सडक खण्डमा दुई दिनदेखि आवागमन बन्द भएको छ । मालिकार्जुन गाउँपालिका–३ तेर्छेलेकमा सडक माथिबाट पहिरो खसेको छ ।

बैतडीको पाटनबाट डोजर लगेर अहिले पहिरो पन्छाउने काम भइरहेको इलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रहरी निरीक्षक दीर्घ बोगटीले जानकारी दिए ।

‘पहिरो लगातार खसिरहेको छ,’ उनले भने, ‘पहिरो पन्छाउन दार्चुलाबाट अर्को डोजर मगाएका छौँ ।’

राजमार्ग अवरुद्ध भएपछि छोटो तथा लामो दूरीका सवारी साधन सञ्चालन हुन सकेका छैनन् ।

दार्चुलाबाट काठमाडाैं, महेन्द्रनगर, धनगढी, डडेल्धुरा, बैतडी तथा काठमाण्डु, महेन्द्रनगर, धनगढी, बैतडीबाट दार्चुलाका लागि छुटेका सवारी साधन दुई दिनदेखि बीच बाटोमै रोकिएका छन् ।

यात्रु अलपत्र परेका छन् ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles