37.4 C
Mahendranagar
Thursday, April 25, 2024
spot_img

प्रदेश ७ मा पनि विप्लवको बन्द : सवारी साधन आशिंक रुपमा सञ्चालन

धनगढी, साउन २९, २०७५ ।

प्रवक्ता खड्गबहादुर विश्वकर्मा पक्राउ परेको विरोधमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले मंगलबार गरेको बन्दको प्रभाव ठाउँ ठाउँमा देखिएको छ ।

प्रदेशका विभिन्न सार्वजनिक स्थानमा शंकास्पद बस्तुहरू फेला परेको खबरहरू प्राप्त भएका छन् ।

प्रदेश नम्बर ७ का विभिन्न स्थानबाट प्रहरीको स्कटीङमा सवारी साधन सञ्चालन भईरहेका छन् ।

पहाडी जिल्लाबाट कैलाली आउने गाडीलाई फल्टुडेबाट स्कटीङ गरेर कैलाली ल्यइदैछ भने, पुर्व जाने गाडीलाई समेत स्कटीङ गरेर जिल्लाको सिमाना सम्म पु¥याउने काम भईरहेको कैलालीका प्रहरी प्रमुख विनोद घिमिरेले बताए ।

यस्तै नेकपाका कैलालीको घोडाघोडी नगरपालिकाका नगर ईन्चार्ज छविलाल ओलीलाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाल बन्दको आह्वान गरेको विप्लव समूहले उश्रृङखल गतिविधि गरेको भन्दै विभिन्न स्थानबाट प्रहरीले उनिहरुलाई पक्राउ गरीरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles