कैलाली बहुमुखी क्याम्पसको प्रमुखको कार्यकक्षमा अखिल (क्रान्तिकारी) को ताला

द्वारा : सुदुर न्युज
0

धनगढी, साउन २५, २०७५ ।

विप्लव निटक अखिल (क्रान्तिकारी) ले कैलाली बहुमुखी क्याम्पसका प्रमुखको कार्यकक्षमा ताला लगाएको छ ।

कैलाली वहुमुखी क्याम्पसलाई विश्वविद्यालयको आंगिक नबनाएको भन्दै क्याम्पस प्रमुख पदमराज जोशीको कार्यकक्षमा ताला लगाइएको हो ।

यसअघि क्रान्तिकारीले कैलाली वहुमुखी क्याम्पसलाई सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको आंगिक बनाउन माग गर्दै १५ गते १० दिने अल्टिमेटम दिएको थियो ।

अल्टिमेटम सकिए पनि आंगिक नबनाएको भन्दै तालाबन्दी गरिएको जिल्ला अध्यक्ष बबरजंग सिहले बताए ।

 

0

सम्बन्धित् समाचारहरु

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy