38.4 C
Mahendranagar
Wednesday, April 24, 2024
spot_img

सहयात्री गुमाएपछि चिया बेचेर रमाएकी चन्द्रकला दिदी

धनगढी, साउन २५, २०७५  ।

धनगढी उप–महानगरपालिका वडा नम्वर २ मा रहेको सुदूरपश्चिमाञ्चल एकेडेमी नजिकै एउटा खोका छ ।

भागेश्वर एकेडेमी जाने बाटो र सुदूरपश्चिमाञ्चल क्याम्पसको छेउमै रहेको सो खोका एउटा एकल महिलाको दैनिकी चलाउने माध्यम हो ।

वा भनौ त्यो खोकामै ति महिलाको सवै जिन्दगी लुकेर बसेको छ ।

२२ बर्षको उमेरमै प्रेम विवाह गरेकी चन्द्रकला अधिकारी सहयात्री विहिन भएको पनि १८ बर्ष वितिसकेको छ ।

श्रीमानलाई मुटुरोगले च्याएपछि एउटा घर विक्री गरेर उपचार गराएकी अधिकारीले श्रीमानलाई जोगाउन सकिनन् ।

छोरा, छोरी नभएकाले अधिकारीलाई एक्लो जिवन पाल्नका लागि कुनै न कुनै काम गर्नु नै थियो ।

२ हजारको लगानीमा खोका व्यवसाय सुरु गरेकी अधिकारी अहिले सोही खोकामा चिया विक्री गरेर आफ्नो जिविका चलाईरहेकी छिन् ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles