36.8 C
Mahendranagar
Saturday, April 20, 2024
spot_img

मौसमको भरमा दुर्गमको सञ्चार

दार्चुला, साउन २५, २०७५ ।

दार्चुलाको अपिहिमाल गाउँपालिका ४ का कल्यानसिह बोहराको स्काई मोवाइल फोन बन्द भएको दुई महिना भयो ।

दुई महिनादेखि मोवाइलको स्वीच अन पनि गरेका छैनन् । स्काई फोनले काम गर्न छोडेपछि विकल्पमा नमस्ते सिम कार्ड र फोन किने ।

तर खण्डेश्वरीमा रहेको सेवा प्रदायक कम्पनी नेपाल टेलिकमको स्काई र नमस्ते फोन टावर घामको भरमा सञ्चालन हुँदा समस्या भए

सोलार बाट चलेका टेलिकमका कारण अपिहिमालमा अहिले सञ्चार सेवा अवरुद्ध छ । अहिले स्थानीयले अत्यावश्यक फोन गर्न पनि घाम कुर्नुपर्छ ।

कतिबेला घाम लाग्ला र फोन गरौ भन्ने प्रतिक्षा गर्नुपर्ने अवस्था पुगेको छ, बोहराले भने ।

जिल्लाको अपिहिमाल गाउँपालिका मात्र होईन, जिल्लाको प्रमुख विटिएस टावर बालशिखर पनि सोलारकै भरमा सञ्चालनमा छ ।

अहिले जिल्लाभरीका टेलिकममा स्काई तथा नमस्ते टावर सोलार पावरको भरमा सञ्चालनमा छन् ।

लामो समयसम्म घाम नलाग्दा टेलिकमका सेवाग्राहीले हैरानी खेप्नुपरेको छ ।

नेपाल टेलिकमले जिल्लाभरी दुई दर्जन बढि टावर राखेर सेवा दिइरहेको छ ।

तर भएका टावरहरुमा विद्युतीकरण अभावले नागरिकले टेलिकमको सेवा प्रभावकारी रुपमा पाउन सकेका छैनन् ।

जिल्लाका नौ वटा स्थानीय तहहरु मध्ये मार्मा गाउँपालिका बाहेक अन्य सबै स्थानीय तहमा नेपाल टेलिकमका टावर छन् ।

मालिकार्जुन गाउँपालिका वडा नम्बर २ बालशिखरमा टेलिकमको मुख्य टावर छ ।

यो बाहेक महाकाली नगरपालिकामा ८ वटा, शैल्यशिखर नगरपालिकामा ५ वटा,  दुँहुँ गाउँपालिकामा २ वटा, अपिहिमाल गाउँपालिकामा एक, नौगाड गाउँपालिकामा ३ वटा, लेकम गाउँपालिकामा एक, व्यास गाउँपालिकामा २ र मालिकार्जुन गाउँपालिकामा ३ वटा नेपाल टेलिकमका टावर सञ्चालनमा रहेको टेलिकम दार्चुलाले जनाएको छ ।

जिल्लाको मालिकार्जुन गाउँपालिकाको बालशिखरसम्म अहिलेसम्म विद्युतीकरण हुन नसक्दा सोलारको भरमा मेन रिपिटर टावर सञ्चालन हुदै आएको छ ।

उच्च क्षमताको सोलार पाता र ब्याट्रि जडान गरीएको भएपनि लामो सम्म घाम नलाग्दा कहिले काही जिल्लाभरीको फोन सेवा अवरुद्ध हुने गरेको टेलिकम दार्चुलाका प्रमुख कृष्णबहादुर गुरुङले बताए ।

बालशिखरको टेलिकम टावरमा विद्युतीकरणको लागि भन्दै आर्थिक बर्ष २०७१÷०७२ देखि उक्त क्षेत्रमा विद्युत प्राधिकरणबाट टेण्डर भएपनि हालसम्म काम पूरा हुन सकेको छैन् ।

यो बाहेक अहिले अपिहिमाल गाउँपालिकाको टेलिकम टावर सम्म विद्युत पुर्याउने गरी तयारी भइरहेको गाउँपालिकाले जनाएको छ ।

नेपाल टेलिकम जिल्लाभरी ७७ हजार बढी सेवाग्राही रहेका छन् ।

टेलिकमको तथ्याङक अनुसार एडिएसएल इन्टरनेट, ल्यान्डलाइन, सिडिएमए र जिएसएम सबै सेवा लिने सेवाग्राहिहरुको संख्या ७७ हजार ४४ रहेको छ ।

टेलिकम दार्चुलाबाट ल्यान्डलाइन ८ सय १६ लाइनको क्षमता भएकोमा ७ सय ४२ बितरण भएर ७४ बाकी रहेका छन् ।

एडिएसएल इन्टरनेट ६ सय ३ लाइनको क्षमता रहेकोमा ३ सय ३२ लाइन बितरण भइसकेका छन् ।

सिडिएमए स्काइ सिमकार्ड अन्तरगत पोष्टपेड ८ सय ५२ र प्रिपेड ३३ हजार ५ सय १८ गरी कुल ३४ हजार ३ सय ७० सिमकार्ड बितरण भएका छन ।

जिएसएम नमस्ते सिमकार्ड अन्तरगत पोष्टपेड १ सय २२ र प्रिपेड ४१ हजार ४ सय ७८ गरी कुल ४१ हजार ६ सय सिमकार्ड बितरण भएको नेपाल टेलिकम दार्चुलाले जनाएको छ ।

स्काइ र नमस्ते सिमकार्ड मात्रै ७५ हजार ९ सय ७० जना सेवाग्राहिले हालसम्म टेलिकमबाट लगेको तथ्यांक छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles