22.8 C
Mahendranagar
Friday, March 29, 2024
spot_img

सेनाले खोल्यो अबरुद्ध भएको १२ किमी सडक

डोटी, साउन २५, २०७५  ।

बर्षदका कारण गएको एक महिना देखी अबरुद्ध भएको डोटीको केआईसिंह गाउपालिकाको ६ र ७ नम्बर वडा जोड्ने १२ किलोमिटर सडक नेपाली सेनाले खोलेको छ ।

सुदूरपश्चिम पृतना तथा गुरुबक्स गुल्मका करिब एक सय १० जना सैनिक तथा केआईसिंह गाउपालीकाको जेसिबिले महिनौ देखी अबरुद्ध भएको सडक आज बिहिबार खोलेको हो ।

सडक अबरुद्ध भएपछि स्थानिय जनतालाई निकै सास्ति भएको थियो । सडक अबरुद्ध हुदा स्थानियलाई अवत जावतमा पनि निकै समस्या भएको थियो ।

सो गाउपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर शाही तथा वडाअध्यक्ष हर्कबहादुर विष्टको आग्रहमा नेपाली सेनाको सुदूरपश्चिम पृतना तथा मातहतका सैनिकहरुले सडक खोलेका हुन् ।

बर्षादका कारण सडकका बिभिन्न भागमा पहिरो आउनुका साथै सडकको बिच भागमा चिरा परेर यातायातका साधन चलाउन बन्द भएको थियो ।

सडक अबरुद्ध हुदा स्थानिय जनतालाई मर्का परेको खबर पाएपछि आफुहरुले सडक मर्मत गरी पुःन सुचारु गरेको सुदूरपश्चिम पृतनाका पृतनापती तथा उपरथी झंकरबहादुर कडायतले बताउनु भयो ।

‘सेना र जनताको सम्बन्ध सुमधुर होस भन्ने हाम्रो चहना हो, पृतनापती तथा उपरथी कडायतले भन्नु भयो ‘सडक अबरुद्ध हुदाँ जनतालाई दुःख भयो भन्ने हामीले खबर पायौ र आफनो जनशक्ति लगेर सडक सुचारु गरायौ ।’

सेनाले अबरुद्ध भएको सडक खोलेपछि सो गाउपालिकाका स्थानिय सेनाप्रति निकै खुसि भएको सलेनाका स्थानिय जगतबहादुर बलायरले बताउनु भयो ।

उहाँले भन्नु भयो ‘सडक अबरुद्ध हुदा हामीलाई निकै सास्ति भएको थियो,बिरामी समेत समयमै अस्पताल पु¥याउन सकेका थिएनौ सडक सुचारु गरेकोमा सेनालाई धन्नेबाद छ ।’

सेनाले केआईसिंह गाउपालिकाको जेसिबि तथा आफनो जनशक्ति प्रयोग गरेर सडक किनारामा नाली समेत निर्माण गरी अबरुद्ध भएको सडक सुचारु गराउन सफल भएको छ ।

बर्षादले वडा कार्यालय सम्म अबरुद्ध भएको सडक सेनाले खोलेपछि अहिले यातायातका साधनहरु चलाउन सजिलो भएको सो सडकमा यातायात चलाउने चालकहरु बताउछन् ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles