थारु समुदायले साउन ३१ गते ’गुरही’ मनाउने

द्वारा : सुदुर न्युज
0

धनगढी, साउन २४, २०७५  ।

थारु समुदायले साउन ३१ गते गुरही पर्व मनाउने भएका छन् ।

७ नम्बर प्रदेशको अस्थायी राजधानी धनगढीमा बसोबास गर्ने थारु समुदायले गुरही पर्व मनाउने तयारीमा जुटेका हुन् ।

आज धनगढीमा आयोजित पत्रकार भेटघाटमा आयोजक सखी सञ्जाल कैलालीकी अध्यक्ष इन्दु थारुले सामूहिक गुरही पर्वको तयारी थालेको जानकारी दिनुभयो ।

खेतीपाती सकिएपछि धानबालीमा किरा नलागुन् भनेर गाउँका युवतीहरू गाउँभन्दा परको चोकमा गई कपडाले बनाइएका स–साना गुडिया (गुरही÷गाइने किरा) बनाएर चोकमा असराउने (सेलाउने) प्रचलन थारु समुदायमा रही आएको छ ।

0

सम्बन्धित् समाचारहरु

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy