40.6 C
Mahendranagar
Saturday, April 20, 2024
spot_img

२३ बर्ष अगाडी शिलन्यास भएको साँफे–मार्तडी सडकको निर्माण अझै अधुरो

धनगढी, साउन २३, २०७५  ।

२३ बर्ष अगाडी २०५२ सालमा शिलन्यास भएको साँफे–मार्तडी सडकको निर्माण अझै पुरा भएको छैन् ।

सडकको विभिन्न स्थानमा गरि झण्डै २२ सय मिटर कालोपत्रे बाँकी रहेको छ भने कालोपत्रे गरिएको क्षेत्रमा पनि सडक पहिरो र कटानको चपेटामा परेको छ ।

पहिरो र बुढीगंगा नदिले तिव्र रुपमा गरिरहेको कटानका कारण बेला–बेला सडकमा आवतजावत नै पुर्ण रुपमा बन्द हुने गरेको छ ।

५७ किलोमिटर सड्कमा अरव बढि खर्च भइसकेको छ तर सडकको अवस्था भने अपेक्षाकृत रुपमा सुधार हुन सकेको छैन् ।

जस्ले गर्दा बाजुरावासीलाई आवतजावत गर्न अहिले पनि कठिनाई हुदै आएको छ ।

सडक डिभिजन कार्यालय साँफेका प्रमुख राजेन्द्र दासले ठेकेदारको मर्मम अवधी अझै बाँकी रहेको बताए ।

हुन त ५७ किलोमिटर मध्ये २२ सय मिटर बाहेक अन्य सवै सडक कालोपत्रे भईसकेको छ तर साँफेदेखि मार्तडी सम्म सिङगो सडक नै पहिरो र नदि कटानको जोखीममा परेको छ ।

सड्कको बिभिन्न ठाउँमै पहिरो जान थालेपछि बर्षात सुरु भएसंगै अवरुद्ध हुने समस्या रहेको छ ।

तर सडक डिभिजन कार्यालयसंग भने सामान्य मर्मत सम्भार बाहेक अन्य शिर्षकमा बजेट पनि छैन् ।

सड्क खण्डको अछामको बुढाबगर र बाजुराको ताप्रिसेरा गुइगाड, तिपाडा लगातयका क्षेत्रमा कटान गर्दै आएको छ ।

बुढिगंगा नदिले सड्क भएकै ठाँउ तिर आएर कटान हुदै गएपछि यातायात सञ्चालनमा समस्या भएको छ ।

अछामको बुढाबगरमा करीव ५ सय मिटर जति सड्क कटान भएको छ । साफे–मार्तडी सड्कको १९ किलोमिटर अछाममा पर्छ भने बाकी क्षेत्र बाजुरामा छ ।

सडक निर्माण गर्दा नदि कटान र पहिरोको जोखीमलाई मध्यनजर नगरिएकाले अहिले बेला–बेला सडक अवरुद्ध हुने समस्या श्रृजना भएको बाजुरावासीको भनाई छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles