24.7 C
Mahendranagar
Wednesday, April 24, 2024
spot_img

नदी कटान रोक्न स्थानीय जैविक तटबन्ध लगाउदै

टीकापुर, साउन २३, २०७५ ।

टीकापुर नगरपालिका वडा नं. ५ शाहीपुर नजिक कर्णाली नदीले बर्षेनी कटान गर्दै जादा स्थानिय चिन्तित बनेका छन् ।

लगातारको नदी कटानीले बस्ती नै सखाप पर्ने डरले उनीहरु  गउलेको पहलमा अहिले जैविक तटबन्ध गरिरहेका छन् ।

टीकापुर नगरपालिका वडा नं. ५ शाहीपुरका बासिन्दा वर्षेनी साउन महिनामा कर्णाली नदीको कटान रोक्न जैविक तटबन्ध लगाउने गर्दछन् ।

कर्णाली नदीले कर्णाली सामुदायिक बनलाई कटान गर्दै गाउमै पस्ने खतरा भएको भन्दै स्याउला, झालापाता, प्लाष्टिक जालीमा बोरामा माटो भरेर स्पर बनाउदै नियन्त्रणमा  लागेका छन् ।

कर्णाली नदीले कटानलाई तिव्रता दिदै अहिलेसम्म वनको आधा भन्दा धेरै क्षेत्रफल कटान भैसकेको छ ।

कटान हुने क्रम जारी रहेकोले आफुहरु दुई दिनदेखि झालापाताले नदी कटान रोक्ने प्रयासमा लागेको बडघर धर्मराज जैशीले बताए ।

उनले नियन्त्रणको लागि  विभिन्न निकाय तथा स्थनिय तहमा नियन्त्रणको लागि  पहल गरे पनि केहि नहुँदा स्थानियबासी आफनै पहलमा काम गरिरहेको बताए ।

कर्णाली नदि किनारमा शाहीपुर कर्णाली सामुदायिक बन ७२ हेक्टर क्षेत्रफल मध्ये आधा जंगल सहित ड्याम समेट कटानी भैरहेको छ । असार २२ गते कटानी शुरु भई अहिले बस्ती नजिक पुगेको छ । ड्याम फुटे टीकापुरको वडा नं. ५ मात्र नभई ८ र ९ का  सम्पुर्ण बस्ती डुबानमा पर्नेछ । नदी कटानीले तिव्रता दिदै गएको भए पनि टीकापुर नगरपालिकाको तर्फबाट नियन्त्रणको लागि कुनै योजना कार्य नरहेको प्रवत्ता दिर्घ ठकुल्लाले बताए । जेठ २२ गते नदी नियन्त्रणको लागि गजरमुखी सिद्धी शाही कन्टक्सन सँग दौलतपुरमा १ किलो मिटर र सन्कटी घाटमा २ किलो मिटरमा नदी नियन्त्रणको लागि सम्झौता भएको छ । गजरमुखी सिद्धी शाही कन्टक्सन सँग सम्झौता भई उक्त क्षेत्रमा १ सय ५० मिटरमाकम ड्याम बनाउने कार्य सम्पन्न भैसकेको छ । अप्रत्यासित रुपमा कटानी भैरहेकोले अस्थायी रुपमा किल्ला, प्लाष्टिक जाली माटो स्याउलाले जैविक तटबन्ध गर्ने काम भैरहेको र पानी घट्ने लगतै स्थायी प्रकृतिको संरचना बनाउने रानी जमरा कुलरिया सिचाई आयोजनाका प्रमुख सुशिल चन्द्र आचार्यले बताए। उनले नदी कटानी तिव्रता प्रति सजक र सम्वेदनसिल भई कार्य गरिहेको बताए । कर्णाली नदी कटानले तिव्रता लिदै जादा स्थानियमा नियन्त्रणको लागि अन्य समुदाय र स्थानिय तहबाट पनि सहयोगको अपेक्षामा रहेका छन ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles