37.4 C
Mahendranagar
Thursday, April 25, 2024
spot_img

सम्पत्तिको हकदार बन्दै महिला, १ बर्षमा ९२ महिलाको नाममा जग्गा पास

बैतडी, साउन २३, २०७५ ।

पछिल्लो समय महिला पनि सम्पत्तिको हकदार बन्दै गएका छन् । तर हकदार बन्दै गएका भएपनि धेरै कम मात्रामा ।

नेपालको संविधान २०७२ को धारा ३८ को उपधारा ६ मा सम्पत्ति तथा पारिवारिक मामिलामा महिलाको पनि समान हक हुने कुरा उल्लेख गरिएको छ ।

तर पनि श्रोत तथा सम्पत्तिमा महिलाको पहुँच अझै पुग्न सकेको छैन् ।

अशिक्षा, जनचेतनाको अभाव र स्वयं महिलाको अग्रसरताको कमीले महिलाहरुको सम्पत्तिमा न्यून पहुँच रहेको पाइन्छ ।

पछिल्ला केही बर्ष यतादेखि भने महिलाको नाममा जग्गादर्ता गर्ने लगायतका कामहरु भईरहेका छन् ।

यसले महिलाको सम्पत्तिमा पहुँच पुर्याउनका लागि पहल गरिरहेको बताउनुहुन्छ बैतडीकोे शिवनाथ गाउँपालिकाका उपाध्यक्ष कुष्मा चन्द ।

महिलाको नाममा जमिन राख्दा दर्ता गर्दा लाग्ने शुल्कमा छुट दिने सरकारले व्यवस्था गरेसंगै यो क्रम बढ्दै गएको हो ।

पहिला पहिला महिलाको नाममा जग्गादर्ता गर्ने चलन नै थिएन् ।

पछिल्लो समयमा केही मात्रामा भएपनि महिलाको सम्पत्तिमा पहुँच पुग्न थालेको छ उनले भने“ महिलाको श्रोत तथा सम्पत्तिमा पहुँच पुर्याउनका लागि नेतृत्व तहमा पुगेका महिलाहरुले पहल गर्नुपर्ने आवश्यक देखिन्छ ।”

आर्थिक वर्ष २०७३÷७४ मा ७९ जना महिलाको नाममा जग्गा दर्ता भएकोमा ०७४÷७५ मा ९२ जना महिलाको नाममा जग्गा पास भएको जिल्ला मालपोत कार्यालय बैतडीका कम्प्युटर अपरेटर अनिल चन्दले बताए । यस्तै आर्थिक वर्ष २०७४÷७५ मा एक जना दम्पतीले सयुक्त्त रुपमा जग्गाको लालपुर्जा लिएका छन् ।

महिलाले लगाउने गहनादेखि लिएर अन्य सम्पत्तिमा अझै पनि महिलाको स्वामित्व छैन भन्ने कुरा धेरैले भन्ने गरेका छन् ।

पहिलादेखि पुरुषको नाममा जमीन दर्ता गर्ने र उनीहरुलाई नै सम्पतिको हकदार ठान्ने प्रवृतिले महिलाको श्रोत र सम्पत्तिमा न्यून पहुँच रहेको सुर्नया गाउँपालिकाका उपाध्यक्ष लीला बिष्टको भनाई रहेको छ ।

उनले भने“ अहिले सबै स्थानीय सरकारमा महिलाको पहुँच भएकाले उनीहरुको श्रोत तथा सम्पत्तिमा पहुँच पुर्याउनका लागि पहल गर्नुपर्छ ।”

महिलाको नाममा जग्गा दर्ता गर्दा राजश्वमा २५ प्रतिशत छुट दिने सरकारी व्यवस्था रहेको छ ।

यस्तै महिलाको नाममा भएको लालपूर्जालाई एक महिनाभित्रै संयुक्त नाममा १ महिनाभित्रै बनाउन सकिने त्यसका लागि एकसय रुपैया मात्रै खर्च लाग्ने गर्दछ ।

महिला र पुरुष दुवैको नाममा सयुक्त्त लालपुर्जा बनाएमा पनि सरकारले राजश्वमा २५ प्रतिशत नै छुटको व्यवस्था गरेको मालपोत कार्यालय बैतडीले जनाएको छ ।

महिलाको नाममा जमीन दर्ता गरेमा दर्ता गर्दा लाग्ने शुल्कमा छुट दिने सरकारले व्यवस्था गर्नुका साथै महिला र पुरुषको नाममा संयुक्त पूर्जा बनाएमा त्यो बेला लाग्ने बेलामा पनि छुट दिने व्यवस्था गरेको भएपनि महिलाको नाममा सम्पत्ति न्युन मात्रामा रहेको दलित महिला संघ बैतडीका अध्यक्ष सरस्वती नेपालीले बताए ।

महिलालाई हेर्ने हाम्रो समाजको दृष्टिकोणमा परिवर्तन हुन सकेको छैन उनले भने“महिलाले आफ्नो हक,अधिकारको लागी आपैmले अग्रसर हुनु आवश्यक छ”सरकारी व्यवस्था हुँदाहुँदै पनि महिलाको नाममा सम्पत्ति नामसारी नभएको उहाँको भनाई रहेको छ।

कुनै पनि मानिसलाई लिंगको आधारमा भेदभाग गर्न पाइदैन भनेर संविधानमै स्पष्ट व्यवस्था गरिएकै छ ।

महिला भएकै कारण उनीहरुलाई सम्पत्तिबाट वञ्चित गराउनु गैरसंवैधानिक र गैरकानुनी कार्य हो ।

त्यसैले महिलाको पनि श्रोत तथा सम्पत्तिमा पहुँच पुर्याई समतामूलक समाज निर्माणको दिशामा लाग्न ढिलो भईसकेको छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles