29 C
Mahendranagar
Saturday, April 27, 2024
spot_img

घोषणाको आठ वर्षपछि नयाँ शहर पाटन र साफेबगरले गति लिदै

धनगढी, साउन २३, २०७५  ।

मध्य पहाडी लोकमार्गमा पर्ने प्रदेश नम्वर ७ का दुई शहर पाटन र साफेंबगरमा विकास निर्माणले गति लिन थालेको छ ।

कार्यक्रम सुरु भएको आठ वर्ष हुन लागेपछि विकास निर्माणका कामले गति लिन लागेका हुन् ।

यसअघिका वर्षमा निकै सुस्त गतिमा काम भईरहेको अवस्थामा गत आर्थिक वर्षदेखि नयाँ शहरका लागि आवश्यक पुर्वाधारहरु निर्माणका लागि कामहरु अगाडी वढेका हुन् ।

गत आर्थिक वर्षमा स्वीकृत भएका योजनाहरुको भौतिक प्रगति सन्तोषजनक भएका वेला चालु आर्थिक वर्षमा विकास निर्माणका कामले अझ तिव्रता पाउने भएका छन् ।

जग्गा अभाव र निर्माण व्यवसायीको लापरवाहीले सुस्ताएको कामलाई चालु आर्थिक वर्षमा तिव्रताका साथ लैजाने आयोजना कार्यालयहरुको दावी रहेको छ ।

मध्यपहाडी लोकमार्गमा पर्ने बैतडीको पाटनलाई सरकारले नयाँ शहरमा घोषणा गरेको आठ वर्ष हुन लागेपछि कामले गति लिन थालेको छ ।

प्रदेश नम्वर ७ मा पर्ने मध्य पहाडी लोकमार्गको अर्को शहर साफे वगरमा पनि कामले तिव्रता पाउन थालेको नयाँ शहर आयोजनाका निमित्त प्रमुख अमरेन्द्र कुमार झाले बताए ।

सरकारले आर्थिक वर्ष २०६७÷०६८ मा देशका १० वटा शहरलाई नमुना शहर बनाउने घोषणा गरेकोमा त्यसमा परेका प्रदेश नम्वर ७ का दुई शहर पाटन र साफें वगरमा सुस्त गतिमा हुँदै आएका कामले गति पाउन थालेका छन् ।

अघिल्लो आर्थिक वर्षमा पाटनमा चक्रपथ निर्माण, बसपार्क निर्माण, डम्पिङ साईडसम्म पुग्ने बाटो निर्माणका साथै पाटनको हिरापुरमा पार्क निर्माण गर्ने, खुला मञ्च निर्माण, ढल व्यवस्थान लगायतका काम भएका छन् ।

अछामको साँफबेगरलाई नयाँ शहरको रुपमा बिकास गर्नका लागि बहुउद्देश्यीय हल, खेल मैदान, सपिङ कम्पलेक्स, तरकारी फलफूल संकलन केन्द्र, बसपार्क जस्ता भौतिक पूर्वाधारहरु निर्माणका कामहरु सुरु भएका छन् ।

सुविधा सम्पन्न शहरका लागि आवश्यक पर्ने भौतिक पूर्वाधारका काम सुरु गर्नका लागि पाटनमा ठेकेदारको लापरवाही र साफेवगरमा जग्गा प्राप्त गर्न नसकिएकोमा कामलाई तिव्रता दिन समस्या भएको अवस्थामा अव भने ती समस्याहरु समाधान भएसँगै कामलाई गति दिईने भएको छ ।

समयमा काम नगर्ने ठेकेदारलाई कारवाही गरेको र २० वर्षे गुरुयोजना अनुसार अगाडी वढिरहेकोले चालु आर्थिक वर्षमा कामहरु तिव्र रुपमा अगाडी वढाउने पाटन नयाँ शहर आयोजना कार्यन्वयन गरिरहेको शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन बैतडीका प्रमुख प्रविन शाहले बताए ।

साफें वगरमा पनि जग्गा प्राप्ती हुन थालेपछि अहिले आएर काम गर्न सहज भएको छ ।

लामो समयदेखि अल्झिएको जग्गा विवाद समाधान भएसँगै कर्मचारी अभावका विचमा कामहरुलाई चालु आर्थिक वर्षका सवै योजना सम्पन्न गर्ने गरी अगाडी वढिरहेको छ ।

मध्यपहाडी लोकमार्ग अन्तर्गत बैतडीको पाटन र अछामको साफेंवगरमा वसाई सराई गर्ने क्रम रोक्दै आधुनिक सुविधा सहितको शहर निर्माणको काम सुरु भएसँगै दुवै शहरमा जग्गाको मुल्य आकासिदै गएको छ भने अन्यत्र वसाई सर्ने क्रममा पनि कमि आएको छ ।

सरकारले आर्थिक २०६६÷०६७ मा नै नयाँ शहर विकास गर्ने योजना अघि सारे पनि आर्थिक बर्ष २०७२÷०७३ बाट कार्यालय नै स्थापना गरेर काम थालनी गरिएकोमा हाल आएर मात्रै कामले गति लिन थालेपछि दुवै शहरका वासिन्दाहरु खुशी भएका छन ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles