37.4 C
Mahendranagar
Thursday, April 25, 2024
spot_img

शिक्षक नियुक्ति विवादले विज्ञान क्याम्पसमा बबाल

महेन्द्रनगर । महेन्द्रनगरस्थित सिद्धनाथ विज्ञान क्याम्पसमा प्रक्रिया मिचेर आंशिक शिक्षक नियुक्त गरिएको आरोप लागेपछि बबाल मच्चिएको छ ।

सिद्धनाथ विज्ञान क्याम्पस महेन्द्रनगरले प्रक्रिया मिचेर आंशिक शिक्षक नियुक्ति गरेको भन्दै अखिल क्रान्तिकारीले तत्काल नियुक्ति खारेजको माग गरेको छ । क्याम्पसले मनोमानी रुपमा रासायनशास्त्र विषयको शिक्षकमा दिल्लीप्रसाद खरेललाई नियुक्त गरेको क्रान्तिकारीको आरोप छ । क्रान्तिकारीका जिल्ला सचिव किशोर भट्टसहितका विद्यार्थी नेता आईतबार सिद्धनाथ विज्ञान क्याम्पस पुगेर प्रशासनसँग नियुक्ति खारेजीको माग गरेका हुन् ।

विज्ञान क्याम्पसका निमित्त प्रमुख विमला शाक्यलाई प्रक्रिया मिचेर गरिएको नियुक्ति तत्काल खारेज गर्न माग गरिएको सचिव भट्टले बताए । आंशिक शिक्षक पदपूर्तिका लागि क्याम्पसले विज्ञापन आव्हान गर्नुपर्ने, आवेदकले आवेदन दिएपछि छनौट प्रक्रियामा जानुपर्ने, शिक्षकको कक्षा अवलोकन गर्नुपर्ने भएपनि ती सबै प्रक्रियालाई मिच्दै आंशिक शिक्षक नियुक्त गरिएको उनले दावी गरे ।

निमित्त क्याम्पस प्रमुख शाक्यले शिक्षक नियुक्तिको प्रावधानका बारेमा आफूलाई जानकारी नभएको भन्दै गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिएकी छन् । निमित्त क्याम्पस प्रमुख शाक्यले क्रान्तिकारीका नेतासँग त्रुटि भएको भए सच्याउने आश्वासन समेत दिएकी छन् ।

विज्ञान क्याम्पसले साउन १ गते दिल्लीप्रसाद खरेललाई आंशिक शिक्षकमा नियुक्त गरेको थियो । क्याम्पसको लेखा शाखालाई बोधार्थ देखाई खरेललाई दिइएको नियुक्ति पत्रमा क्याम्पस प्रमुख प्राध्यापक डा. पूर्णबहादुर चन्दले हस्ताक्षर गरेका छन् । आंशिक शिक्षकमा नियुक्त भएका खरेलले क्याम्पसलाई नियुक्तिका लागि कुनै निवेदन समेत नदिएको क्रान्तिकारीको दाबी छ ।

src: Manaskhand

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles