28.1 C
Mahendranagar
Thursday, March 28, 2024
spot_img

सेफ्टीट्यांकीमा निस्सासिएर एकको मृत्यु

महेन्द्रनगर धनुषा, साउन २२ गते ।

धनुषामा निर्माणाधीन सेफ्टीट्यांकीको रिङ खोल्ने क्रममा निस्सासिएर एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।

जनकपुर ल्याउँदै गर्दा मिस्त्री दिनेश चौधरीको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

धनुषाको विदेह नगरपालिका–६ तीन कौरिया बस्ने रामशोभित महतोको घरमा आज बिहान सेफ्टीट्यांकीको रिङ खोल्ने क्रममा स्थानीय ३० वर्षीय मिस्त्री दिनेश चौधरीको निस्सासिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्थानीय शुभनारायण दास र फुलगेन दास निस्सासिएर घाइते भएका छन् ।

प्रहरीका अनुसार शुभनारायणको उपचार जनकपुर अञ्चल अस्पताल र फुलगेनको उपचार धनुषा अस्पतालमा भइरहेको छ ।

तीनकौरिया प्रहरी चौकीका अनुसार बिहान दिनेश चौधरी रिङ खोल्न सेफ्टीट्यांकीभित्र पस्दा निस्सासिएर घाइते भएपछि उनको उद्धारका लागि शुभनारायण र फुलगेन पालैपालो छिरेका थिए ।

तर उनीहरु पनि निस्साएिर सिकिस्त भएपछि प्रहरी टोली पुगेर तीनैजनाको उद्धार गरी उपचारको लागि जनकपुर पठाएको थियो ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles