27.1 C
Mahendranagar
Thursday, April 25, 2024
spot_img

राजधानी माग गर्दै धनगढीमा

डोटी, साउन २२, २०७५ ।
प्रदेश ७ को राजधानी दिपायल हुनु पर्ने माग सहित डोटी बाट एक टोली धनगढी गएको छ ।

जिल्ला समन्वय समितिका अध्यक्ष रामबहादुर ऐरको नेतृत्वमा रहेको ७ जनाको टोली राजधानी दिपायल कायम गराउन धनगढी गएको हो ।

टोलीमा नागरीक समाज,राजनैतिकदलका नेता तथा स्थानियबासीहरु सहभागि रहेका छन् ।

बर्षौ देखीको क्षेत्रीय सदरमुकाम दिपायल भएको र राजधानीका लागि यहाँ भौतिक संरचना सहित ठाउ पनि प्रसस्त मात्रामा भएको र दिपायल राजधानी भए सुदूका ९ वटै जिल्लालाई पाएक पर्ने भएकाले दिपायल राजधानीका लागि दबाद दिन आफुहरु धनगढी गएको संयोजक रामबहादुर ऐरले बताउनु भयो ।

उहाँले भन्नु भयो ‘कैलालीमा राजधानी तोकिए पहाडी जिल्लालाई मर्का पर्ने भएको र दिपायल सबै जिल्लाका लागि पाएक पर्दो ठाउ भएकाले दिपायल राजधानी हुनु पर्ने हाम्रो माग हो ।’

राजधानीका लागि दबाद दिन संयोजक रामबहादुर ऐर,नागरीक समाजका पुष्कर द्धारीया,नेपाली काग्रेसका गणेश खड्का, डोटी उद्योग बाणिज्य संघका अध्यक्ष नरेन्द्र खड्का,सदस्य गणेश साउद, होटेल ब्यबसायी संघका अध्यक्ष दिपकबहादुर खड्का लगायतको टोली सोमबार धनगढी गएको हो ।

उहाँले धनगढीमा राजधानीको नामाकरण तथा ठाउ निर्धारण समितिलाई भेट्ने तथा दबाद मुलक कार्यक्रम गर्ने बताईएको छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles