30.1 C
Mahendranagar
Thursday, April 25, 2024
spot_img

बायोमेट्रिक्स हाजिरीले थपेको सहजता

डडेल्धुरा, साउन २२, २०७५ ।

डडेल्धुराको आलिताल गाँउपालिकाका सामुदायिक विद्यालयमा राखिएको बायोमेट्रिक्स डिजिटल हाजिरी प्रभावकारी बन्दै गएको छ ।

गाँउपालिकाका अध्यक्षले कार्यकक्षमै बसेर शिक्षक विद्यालय आए अनाएको निरीक्षण गर्न पाउने भएपछि सो प्रविधि प्रभावकारी भएको हो ।

सबै शिक्षक आए नआएको र अनुगमन गर्न सम्बन्धित विद्यालय पुग्नु नपरेपछि समयको बचत भएको आलिताल गाँउपालिकाका अध्यक्ष बलबहादुर गुरुङले बताए ।

अध्यक्ष गुरुङले आफ्नो कार्यकक्षबाटै कति जना शिक्षक विद्यालय हाजिर भएको, कतिजना नआएको साथै पूरा समय विद्यालय बसे नबसेको कार्यालयबाट नै जानकारी लिने गरिरहेका छन ।

“सामुदायीक विद्यालयमा राखिएको यो प्रविधि नेपालकै पहिलो हो ।”

अन्य संघ संस्थामा यो प्रविधि जडान भए पनि सामुदायिक विद्यालयमा राखिएको बायोमेष्ट्रिक हाजीरी पहिलो भएको उनको तर्क छ ।

गाँउपालिकाका रहेका १७ ओटा सामुदायीक विद्यालयमा सो प्रविधि जडान गरिएको छ ।

गाँउपालिकामा रहेका सबै माध्यामिक तहका सबै सामुदायीक विद्यालयमा पहिलो चरणमा बायोमेट्रिक हाजिरी प्रणाली सञ्चालन गरिएको हो ।

सामुदायिक विद्यालयको नतिजा राम्रो नहुने, शिक्षक, शिक्षिका नियमित विद्यालय नआउने लगायतका गुनासाको सम्बोधन हुने आशाले विद्यालयमा बायोमेट्रिक्स हाजिरी मेसिन राख्न शुरु गरिएको गाँउपालिकाले जनाएको छ ।

शिक्षक विद्यालय आए पनि पूरा समय विद्यालय नबस्ने भएपछि विद्यालय आइसकेपछि शुरुमा र विद्यालय छुट्टी भइसकेपछि दुई पटक हाजिरी गर्ने व्यवस्था मिलाइएको छ ।

पहिलो चरणमा माध्यामिक तहका सबै विद्यालयमा राखिएको हाजिरी मेसिन प्रभावकारी भएपछि दोस्रोचरणमा अन्य विद्यालयमा सो प्रविधि राख्ने तयारी भइरहेको गाँउपालिकाले जनाएको छ ।

विद्यालय र प्राथमिक स्वास्थ्य चौकीसँगै गाँउपालिकाको कार्यालय र ८ ओटै वडा कार्यालयहरुमा राखिएको डिजिटल मेसिनमा शिक्षक र स्वास्थ्यकर्मीका साथै कर्मचारीहरुले हातका औंठाले छोएर हाजिर गर्ने गरेका छन ।

हाजीर लगाउने बितिक्कै गाँउपालिकाको कार्यालयमा रेकर्ड जाने गर्दछ ।

गाँउपालिकाले त्यसका लागि छट्टै कम्प्युटरको व्यवस्था गरेको छ ।

अध्यक्ष गुरुङले यो प्रविधि प्रभावकारी भएको भएको बताउँदै अझ अन्य विद्यालय र सार्वजनिक निकायहरुमा थप गर्ने हौसला बढेको बताए ।

रु २० देखि ३० हजारमा यो प्रविधि एउटा विद्यालयमा जडान गर्न सकिने आलिताल गाँउपालिका–४ का वडाध्यक्ष चन्द्रदेव बोहराले बताए ।

यो प्रविधि खासै खर्चिलोसमेत नभएकाले सबै विद्यालय र कार्यालयमा थप्न सकिने उनले जानकारी दिए ।

आलिताल गाँउपालिकाले सबै घरको लगत सर्वेक्षणसमेत डिजिटल प्रविधिबाट गरिरहेको छ ।

गाँउपालिकावासीले गाँउपालिकाले राखेको आफ्नो रेकर्ड घरमै बसीबसी हेर्न मिल्ने व्यवस्था समेत मिलाइएको गाँउपालिकाको कार्यालयले जनाएको छ ।
गाँउपालिकाभित्रका बासिन्दाको व्यक्तिगत विवरण, एकीकृत सम्पत्ति करको रेकर्डलगायतको विवरण डिजिटल प्रणलीमार्फत नै गर्न शुरु गरिएको हो ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles