बस दुर्घटनामा १६ घाइते…

द्वारा : सुदुर न्युज
Accident
0

पर्वत, साउन २१ गते ।

मोदी गाउँपालिका– ६ तिलाहारको बेतनीस्थित पोखरा–बागलुङ सडक खण्डमा आज बिहान एक यात्रुबाहक बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् ।

पोखराबाट मुस्ताङ आउँदै गरेको ग १ ख ५५९८ नं को बस सडकबाट करीव ३० मिटर तल खेतमा खस्दा त्यसमा सवार १६ जना घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुरज खत्रीका अनुसार छ जना गम्भीर घाइतेलाई थप उपचारका लागि पोखरास्थित गण्डकी अञ्चल अस्पताल लगिएको छ भने अन्य घाइतेको स्थानीय जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

बसचालक प्रहरीको नियन्त्रणमा रहेको र दुर्घटनाको विस्तृत विवरण भने आउन बाँकी रहेको उहाँले जानकारी दिनुभयो । रासस

0

सम्बन्धित् समाचारहरु

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy