36.7 C
Mahendranagar
Friday, March 29, 2024
spot_img

फेरि पनि डुब्यो भक्तपुर

काठमाडौं , साउन २१, २०७५।

अबिरल वर्षाका कारण काठमाडौं, ललितपुर र भक्तपुरका केही क्षेत्र डुबानमा परेका छन् ।

शान्तिनगर, बानेश्वर, बल्खु, टेकुका सुकुम्बासी बस्ती डुबानमा परेका छन् भने अघिल्लो डुबानको पीडाबाट उठ्न नपाउँदै भक्तपुरको राधे–राधे सल्लाघारीलगायत क्षेत्रका बासिन्दा पुनः डुबानमा परेका छन् ।

गत असार २७ को बाढीका कारण डुबान खेपेक भक्तपुर बासीले गएराती पनि डुबानको समस्या भोग्नु पर्यो ।

अविरल वर्षाका कारण हनुमन्ते, खस्याङखुसुङ, ढुंगे खोलालगायतमा आएको बाढीले मध्यपुर थिमि र भक्तपुर नगरपालिका भित्र पर्ने राधेराधे, सल्लाघारी, राममन्दिर, बाराहीस्थान क्षेत्रको सिंगो बस्ती डुबानमा पर्दै आएको छ ।

हनुमानघाटस्थित परोपकार केन्द्र र आसपासका घर, सिद्धि स्मृति बाल अस्पताल, राममन्दिर, शान्ति निकेतन माध्यमिक विद्यालय, डा।

इवामुरा अस्पताल, अक्सफोर्ड स्कुललगायत क्षेत्र डुबानमा परेका छन् ।

शान्तिनगरका १५–२० घर डुबानमा परेको प्रहरीले जनाएको छ ।

सो क्षेत्रमा विपत व्यवस्थापनको टोली परिचालन गरिएको छ ।

प्रहरीका अनुसार बल्खुको सुकुम्बारी बस्तीमा झण्डै आधा दर्जन घर डुबेका र पाँच–छ घर जोखिममा परेका छन् ।

त्यसैगरी ललितपुरको सैंबु भैंसेपाटीस्थित बिगमार्ट सपिङ सेन्टरमा पनि पानी पसेको छ ।

स्थानीय प्रहरीको सहयोगमा सपिङ सेन्टरका सामानहरु सुरक्षित स्थानमा सारिएको प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशीले जानकारी दिए ।

ललितपुरको गोदावरी खोला किनारका केही क्षेत्र पनि डुबानको खतरा रहेकाले सतर्कता अपनाइएको छ ।

प्रमुख जिल्ला अधिकारी जोशीका अनुसार ललितपुरकै लाँकुरी भञ्ज्याङ, भट्टेडाँडालगायत क्षेत्रका सडकमा पहिरो झरेर बाटो अवरुद्ध छ ।

प्रजिअ भन्छन्–‘स्ट्याण्डबाई छौं’

पानी पर्दा डुबानमा पर्दै आएको भक्तपुरमा उच्च सतर्कता अपनाइएको छ ।

काठमाडौं उपत्यकामा भएको अत्यधिक वर्षाले खोलाहरुमा आएको बाढी फेरि पनि भक्तपुरका बस्तीमा पस्ने खतरा रहेकाले सतर्कता अपनाइएको हो ।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले भक्तपुर डुबानमा परेको रिपोर्ट नआएको बताए ।

तर, सम्भावित अवस्थालाई मध्यनजर गरेर उच्च सतर्कता भने अपनाइएको उनले जानकारी दिए ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles