27.4 C
Mahendranagar
Friday, April 19, 2024
spot_img

पत्रकारलाई आक्रमण गर्ने सिंहलाई पक्राउ गर्छु : एसपी घिमिरे

धनगढी, साउन २१, २०७५

दिनेश एफएमकर्मी नवराज धानुकमाथि कुटपिट गर्ने साविकको जिल्ला खेलकुद विकास समिति कैलालीका अध्यक्ष दिपक सिह अझै पक्राउ परेका छैनन् ।

आवश्यक कारबाहीको माग गर्दै कुटपिट गर्ने सिह विरुद्ध गत शुक्रबार नै मुद्धा दर्ता गरिए पनि प्रहरीले पक्राउ गर्न नसकेको हो ।

कुटपिटमा संलग्न सिह पक्राउ नपरेपछि आइतबार  धनगढीका पत्रकारहरुले जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरिक्षक बिनोद घिमिरेलाई भेट्दै घटनालाई गम्भीर रुपमा लिन आग्रह गरेका छन् ।

उनीहरुले दोषीलाई पक्राउ गरी आवश्यक कारबाहीको माग समेत गरेका छन् ।

जवाफमा प्रहरी प्रमुख घिमिरेले दोषीलाई पक्राउ गरेर कारबाहीको प्रक्रिया अगाडी बढाउने प्रतिवद्धता जनाएका छन् ।

उनले आफूले अपराधिलाई पक्राउ गरेर कारबाहीको प्रक्रिया अगाडी बढाउने बताए ।

दिनेश एफएमकर्मी धानुकमाथि गत विहीवार साँझ सवा ७ वजे धनगढीको एलएन चोक नजिकै जिल्ला पशु सेवा कार्यालय अगाडी साविकको कैलाली जिल्ला खेलकुद विकास समितीका अध्यक्ष सिंहले फिल्मी शैलीमा आक्रमण गर्दै कुटपिट गरेका थिए ।

घटना लगत्तै फरार रहेका सिंहलाई राजनितिक संरक्षणका कारण पक्राउ नगरिएको आरोप लागेको छ ।

तत्काली नेकपा एमालेको युवा संघमा आवद्ध सिंहलाई प्रदेश सरकारका मन्त्रीहरु आफन्त र मन्त्री नजिकको भएकोले पनि पक्राउ नगरिएको स्रोतले जनाएको छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles