36.8 C
Mahendranagar
Saturday, April 20, 2024
spot_img

ढुंगा लागेर सैनिक जवानको मृत्यु

बैतडी, साउन २१।

बैतडीमा ढुंगा लागेर एक सैनिक जवानको मृत्यु भएको छ ।

विदामा घर आएका दोगडाकेदार गाउँपालिका ४ कपिण्न्ना जसमलाका ३० वर्षीय नारायणदत्त भट्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नीरीक्षक कान्तिराज जोशीले जानकारी दिए ।

गाउँ नजिकै रहेको पानीको मूहानमा पाइप जोडीरहेका बेला माथि भीरबाट खसेको ढुंगाले लागेर भट्टको मृत्यु भएको उनले बताए ।

दिउसो पौने १ बजेतिर पाइप जोडिरहेका बेला मूहानको माथिबाट खसेको ढुंगालेको भट्टको टाउकोमा लागेर घटनास्थलमै ज्यान गएको बताइएको छ ।

भट्ट नेपाली सेनाका चार नम्बर वाहिनी नेपालगञ्जमा कार्यरत थिए । भट्टको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles