प्रकाश चन्दको धनगढीका पत्रकारलाई धम्कि, केहि बेर पछि स्पस्टिकरण

द्वारा : सुदुर न्युज
0

धनगढी, साउन २०।

तत्कालीन एमाले निकट नेपाल खेलकुद महासंघ कैलालीका अध्यक्ष प्रकाश चन्दले पत्रकारलाई धम्की दिएका छन् ।

नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका अध्यक्ष समेत रहेका चन्दले सामाजिक सन्जाल फेसवुकमा पत्रकारलाई धम्की दिएका हुन् ।

उनले धनगढीका पत्रकारको चुरीफुरी बढेकाले केहि दिनमा फेरी पत्रकार कुटपिटको समाचार आउन सक्ने बताएका छन् । चन्द कैलाली जिल्ला खेलकुद विकास समितीमा सहायक कराँते प्रशिक्षक पनि हुन् ।

उक्त फेसबुक पोस्ट केहि बेरमै संचार माध्यममा आएपछि, चन्दले स्पस्टिकरण दिदै पोस्ट डिलिट गरेका छन् । चन्दले आफ्नो फेसबुकमा लेखेको स्पस्टिकरण यसप्रकार रहेको छ ।

0

सम्बन्धित् समाचारहरु

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy