26.2 C
Mahendranagar
Saturday, April 27, 2024
spot_img

धनगढी –सत्ती सडक खण्डमा पुल नबन्दा आवातजावतमा सास्ती

धनगढी,  साउन १६, २०७५ ।

राष्ट्रिय गौरवको आयोजना, हुलाकी राजमार्ग अन्र्तगत कैलालीको धनगढी–सत्ती सडकखण्डमा पर्ने पुल निर्माणमा भइरहेको ढिलाईका कारण आवातजावतमा सास्ती भएको छ ।

पुल निर्माणमा भएको ढिलाईका कारण लामो समयदेखी जोखिमपूर्ण यात्रा गर्दै आएका स्थानीयबासिन्दाको समस्या फेरी हटेको छैन् ।

हुलाकी राजमार्ग अन्र्तगत धनगढी –सत्ती सडकखण्डमा पर्ने १२ वटा पुल मध्ये २ वटाको निर्माण अझै पनि सम्पन्न हुन नससको हो ।

हुलाकी सडक आयोजना कार्यालय धनगढीका अनुसार ६ करोड ६३ लाखको लागतमा निर्माण हुने कान्द्रा नदीको पुल र साढे १ करोडको लागतमा निर्माण हुने पवेरा खोलाको पुलको निर्माण अवधी गत असारमा सकिएको छ ।

तर कार्य प्रगती भने न्युन रहेको छ ।

हुलाकी सडक आयोजनाका शव–इन्जिनीयर विर बहादुर कोलीले १० वटा पुलको निर्माण सकिएपनि २ वटामा काम चलिरहेको जानकारी दिए ।

उनका अनुसार सुरुमा १५ महिनाको निर्माण अवधि तोकिएको पवेरा खोला पुल २०७१ चैतमै सम्पन्न हुनुपर्ने हो ।

तर  स्थानीयको विरोधका कारण उक्त पुल निर्माणमा ढिलाई भएको दावी योजना कार्यालयको छ ।

अहिले सो पुलमा ५० प्रतिशत मात्र भौतिक प्रगती हुन सकेको छ भने कान्द्रा नदी पुलको पुलमा त ३५ प्रतिशत मात्र प्रगती भएको छ ।

पुल निर्माणमा भइरहेको ढिलाईका कारण हुलाकी राजमार्ग अन्र्तगतको सडक भएर आवात जावत गर्नेहरु फेरी पनि वर्षातको बेला नदी खोलाको जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् ।

हुलाकी सडक आयोजना कार्यालयले भने पुल निर्माणमा ढिलाई हुनुको कारण निर्माण व्यवसायीको लापरवाही भएको बताएको छ ।

त्यस्तै निर्माण सामाग्रीको अभाव र स्थानीयको विवादका कारण पुल निर्माणमा ढिलाई भइरहेको दावी कार्यालयको छ ।

हुलाकी राजमार्ग अन्र्तगतको सडकखण्ड अन्र्तगत मोहना नदी पुल, पथरिया नदी पुल, कांडा नदी पुल, गौरी नदी, कटनी नदी, झरनीया सुरमी खोला पुल, कानी खोला पुल, मोर्निया नाला पुल,खक्रौलाघाट पुल र कनरीनाला पुलको निर्माण सम्पन्न भइसकेको आयोजना कार्यालयले जनाएको छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles