41.7 C
Mahendranagar
Friday, April 26, 2024
spot_img

शिक्षा र स्वास्थ्यलाई राष्ट्रियकरण गर्न हस्ताक्षर संकलन

बैतडी, साउन १५, २०७५ ।
अनेरास्ववियु र अखिल (क्रान्तीकारी) बैतडीले शिक्षा र स्वास्थ्यलाई राष्ट्रियकरण गर्न हस्ताक्षर संकलन अभियान सुरु गरेका छन् ।

१५ दिनसम्म सञ्चालन हुने उक्त हस्ताक्षर अभियानमा ५० हजार जनाको हस्ताक्षर संकलन गरिने अनेरास्ववियु बैतडीका अध्यक्ष भुवन कार्कीले जानकारी दिनुभयो ।

बैतडीमा सम्पन्न गरेपश्चात प्रदेश नं ७ का सबै जिल्लामा हस्ताक्षर संकलन अभियान सञ्चालन गरिने उहाँले बताउनुभयो ।

शिक्षा र स्वास्थ्यलाई राष्ट्रियरण र निशुल्क गर्न,स्वास्थ्य क्षेत्रको अनियमितता अन्त्य गर्न हस्ताक्षर अभियान सञ्चालन गरिएको बताईएको छ ।

राज्यले स्वास्थ्य र शिक्षामा नियन्त्रण कायम गर्न नसक्दा समान्य जनताको पहुँचबाट टाढा भएको, विभिन्न किसिमका विकृति देखा परेको र सुलभ एवं सरल स्वास्थ्य तथा शिक्षाबाट वञ्चित हुनुपरेको भन्दै हस्ताक्ष्र अभियान सञ्चालन गरेको हो ।

साथै निजीस्तरबाट सञ्चालित सबै मेडिकल कलेजलाई राष्ट्रियकरण गर्न वा गैर नाफामुखी ट्रष्टमा रुपान्तरण गर्न अक्त अभियान थालिएको जनाएको छ
५० हजार जनाको हस्ताक्षर संकलन गरिसकेपछी प्रदेश नं ७ को सरकार तथा मुख्यमन्त्री,शिक्षामन्त्री र प्रधानमन्त्रीलाई बुझाईने अनेरास्ववियु बैतडीका अध्यक्ष कार्कीले बताउनुभयो ।

हस्ताक्षर अभियानलाई सफल पार्न सबैलाई आ आफ्नो क्षेत्रवाट सहयोग गरिदिन अनेरास्ववियु र अखिल (क्रान्तीकारी) बैतडीले अनुरोध समेत गरेको छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles